अग्नी पीडितका लागि लायन्सद्वारा जस्तापाता वितरण
पोखरा–अग्नी पीडितका लागि लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ नेपालले जस्तापाता वितरण गरेको छ । मनकामना–७ लामडाँडा, स्याङ्जाका २० घर अग्नी पीडितलाई शनिबार एक कार्यक्रमका बीच जस्ता पाता वितरण गरिएको हो ।
१ लाख ५० हजार रुपैयाँ बराबरको २० बण्डल जस्ता पाता वितरण गरिएको कार्यक्रम संयोजक तथा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ नेपालका पि.आर.ओ. मोहनबावु खड्काले जानकारी दिए । डिष्ट्रिक ३२५ बि १, नेपालका लायन्स क्लबहरु, पोखरा उद्योग वाणिज्य संघ र रत्न इम्पोरियमले राहत वितरणका लागि सहयोग गरेको संयोजक खड्काले जानकारी दिए । ‘सबैको साथ र सहयोगबाट राहत वितरण कार्यक्रम सफल भएको छ,’ उनले भने, ‘पीडितहरुकै घरमा पुगेर राहत वितरण गर्न पाउँदा हामी निकै हर्षित छौं ।’
उक्त अवसरमा बोल्दै प्रमुख अतिथि लायन्सका पूर्व मल्टिपल काउन्सिल चेयर पर्सन प्रेमबहादुर श्रेष्ठले बिपदको समयमा नेपालका लायन्स क्लबहरुले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताए । ‘अग्नी पीडितहरुका लागि तत्काल राहत प्रदान गरेर डिष्ट्रिक ३२५ बि १ ले प्रशंसनीय काम गरेको छ,’ श्रेष्ठले भने ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि डिष्ट्रिक ३२५ बि १ का इलेक्टेड प्रथम गभर्नर धनराज आचार्यले बिपदमा परेकाहरुलाई राहत वितरण गर्न आफूहरु सधैं सक्रिय हुने बताए । कार्यक्रम संयोजक मोहन बाबु खड्काको सभापतित्वम आयोजित कार्यक्रममा चण्डि अर्याल, अमृत कुमार श्रेष्ठ, डिल्लीराम चापागाईं, कविता गैरे, तीर्थलाल श्रेष्ठ लगायतले बोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण