बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकार जनताको पक्षमा बजेट ल्याउँदैछ : मन्त्री चन्द

शनिबार, २५ वैशाख २०७३, २० : ०३
शनिबार, २५ वैशाख २०७३

भक्तपुर– वाणिज्य मन्त्री जयन्त चन्दले सरकार विभिन्न चुनौतीको सामना गर्दै अगाडि बढेको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, चाँगुनारायण नगरपालिका नगर भेलामा उनले जस्तोसुकै समस्या आए पनि सरकार अगाडि बढ्ने बताए ।

सरकारले जनताको पक्षमा महत्वाकांक्षी बजेट ल्याउन लागेको चर्चा गर्दै सरकार परिवर्तनको खेलमा लाग्ने समय पुनःनिर्माणमा खर्चिन नेताहरुलाई आग्रह गरे ।

उनले राप्रपा र राप्रपा नेपालको एकीकरण अन्तिम चरणमा पुगेको बताउँदै केही दिनभित्रै एकीकरणको सन्देश नेपाली जनताले पाउने चर्चा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप