बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यसरी भयो मच्छिन्द्रनाथको रथारोहण (फोटोफिचर)

शनिबार, २५ वैशाख २०७३, २० : ०९
शनिबार, २५ वैशाख २०७३

काठमाडौं–सहकालका देवता मच्छिन्द्रनाथको शनिबार रथारोहण गरि शुभारम्भ गरिएको छ । उपत्यकाकै सबैभन्दा लामो समयसम्म मनाइने रथयात्रा ललितपुरको पुल्चोकबाट मंगलबार शुरु भई गावाहाल मंगलबजार सुन्धारा हुँदै लगनखेल पु¥याइन्छ । थहिटी पु¥याएर साइतअनुसार नरिवल खसालेर पछि जावलाखेल ल्याई राष्ट्रप्रमुखसहित विशिष्ट व्यक्तिहरु सामुन्ने भोटो देखाएर रथयात्रा समाप्त हुने चलन छ ।

रथारोहण अगाडि ललितपुरको कटवाल दहमा पूजा आराधनापछि कलश पुल्चोक ल्याइन्छ । मल्लकालिन राजा नरेन्द्र देवको पालामा उपत्यकामा खडेरी परेपछि पानी पार्न मच्छिन्द्रनाथको रथयात्रा शुरु भएको जनविश्वास छ ।

रथारोहणअघि वाराही समुदायले रथ निर्माण गर्ने गर्दछन् । हरेक १२ वर्षमा रातो मन्छिन्द्रनाथको रथयात्रा ललितपुरको बुग्मतीबाट शुरु भई पाटन शहर घुमाएर फेरि बुग्मतीमै पु¥याएर रथयात्रा टुङ्गयाउने गरिन्छ । अन्य बर्षहरुमा पुल्चोकबाट पाटन शहर घुमाउने गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप