बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सञ्जयलाई एक लाखसहित नागरिक अभिनन्दन

आइतबार, २६ वैशाख २०७३, ०८ : ०३
आइतबार, २६ वैशाख २०७३

काठमाडौं–कृतिमान विश्व पर्वतारोही एवं लामो दुरीका धावक सञ्जय पण्डितलाई शनिबार गृह जिल्ला प्युठानमा नगद एक लाखसहित भव्य सम्मान गरिएको छ । प्युठान नगरपालिकाको पहिलो स्थापना दिवसको अवसरमा प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बांगद्वारा सम्मान पत्र एवं फुलमाला तथा दोसल्ला ओडाएर सम्मान गरेका हुन् ।

कार्यकममा स्थानिय विकास अधिकारी शिव प्रसाद रेग्मी , प्युठान नगरपालिकाका कार्यकारी अधिकृत नेब बहादुर ओली, नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्षलगायत प्रमुख राजनीति दलका प्रतिनिधिहरुले स्वागत तथा आगामी अन्ट्रारटिका महादेशको सफलताको शुभकामनासहित सम्मान गरेका थिए ।

प्राण घातक हिमाल भनेर चिनिने मनास्लु, जापानको सर्वोच्च सिखर फुजी, अफ्रीकाको सर्वोच्च शिखर किलिमन्जारो लगायत अन्य महादेशको क्रितिमानी आरोहण गरेका पण्डितको अबको गन्तव्य अन्ट्रारटिका महादेशको विन्सोंन मशिफ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप