बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संविधान कार्यान्वयका लागि यूवाहरु सशक्त भएर लाग्नुपर्ने : गृहमन्त्री बस्नेत

आइतबार, २६ वैशाख २०७३, ०८ : १०
आइतबार, २६ वैशाख २०७३

नुवाकोट – अहिलेको संविधान परिवर्तनिय भएको भन्दै सबैले अपनत्वमा भएको महसुस गर्नुपर्ने गृहमन्त्री शक्तीबहादुर बस्नेतले बताएका छन् । नुवाकोटको विदुरमा वाइसियलको जिल्ला अधिवेशन उद्घाटन गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।

एमाओवादी राष्ट्रिय सहमतिको सरकारको पक्षमा भएकोले अहिले बहुमतीय पक्षमा बन्ने सरकारको निर्माणमा नलाग्ने मन्त्री बस्नेतले स्पष्ट पारे । राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउन यूवाको खवरदारी चाहिएको भन्दै मन्त्री बस्नेतले संविधान कार्यान्वयमा यूवाहरु सक्रिय भएर लाग्नुपर्ने बताए ।

मन्त्री बस्नेतले सुस्ताउँदै गएको वाइसियलाई जुजारु बन्न र परिवर्तित समयमा बदलिन आग्रह गरे । यूवाहरुको साथले अबको दुई वर्षभित्र माओवादी देशको एक नम्बर पार्टी बन्ने उनको भनाई थियो ।

त्यस्तै वाइसियालका केन्द्रिय उपाध्यक्ष यूवराज दुलालले अब तस्कर, कालोबजारी, ठगलाई ठिक पार्ने बताए । कार्यक्रममा जनकलाकार नविन खड्काले यूवाहरुलाई जोसिला जनवादी गीत गाएर हौसला बढाएका थिए । सो कार्यक्रममा पूर्वशान्तिमन्त्री सत्या पहाडीको पनि उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप