बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा खुल्यो जागिर, आवेदन माग

आइतबार, २६ वैशाख २०७३, १७ : २१
आइतबार, २६ वैशाख २०७३
काठमाडौं–मध्यपश्चिमाञ्चल विश्वविद्यालय सेवा आयोगको कार्यालयले ९९ जना आवेदकको आवेदन माग गरेको छ । ०७३ वैशाख २६ गतेको गोरखापत्र दैनिकमा सूचना सार्वजानिक गरेर माग गरिएअनुसार विश्वविद्यालय अन्तर्गत विभिन्न क्षेत्रमा अध्यापन गराउने प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यकको आवेदन माग गरिएको छ । जसअनुसार विश्वविद्यालयले ४१ खुल्ला तथा १६ आन्तरिक प्रतियोगिता र ४२ विशेष आन्तरिक प्रतिस्पर्धाका आधारमा पदपूर्ति गर्ने जनाएको छ । विश्वविद्यालयका अनुसार खुल्ला अन्तर्गत २ प्राध्यापक, ३ सह–प्राध्यापक र ३६ उप–प्राध्यापक माग गरेको छ । आन्तरिक तर्फ ४ जना प्राध्यापक, ८ जना सहप्राध्यापक र ४ जना उप–प्राध्यापकको माग गरिएको छ भने विशेष आन्तरिक तर्फ ४२ जना उप–प्राध्यापक माग गरिएको छ । माग गरिएका ९९ पदमा खुलातर्फ ७ महिला कोटा छुट्याइएको छ । शैक्षिक पदका लागि सबै किसिमका प्रतियोगितामा दरखास्त दिने समय असार १ गतेको तोकिएको छ भने दोब्बर दस्तुरको लागि असार ८ सम्मको समय दिइएको छ । आवश्यक न्युनतम योग्यता, निवेदन दस्तुरलगायत अन्य आवश्यक जानकारीको लागि आयोगको वेभसाइट www.mwu.edu.np बाट प्राप्त गर्न सकिने आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप