दैनिक करोडभन्दा बढी रेमिटेन्स भित्रिन्छ रुकुममा
रुकुम– रुकुममा दैनिक रु एक करोडभन्दा बढी विप्रेषण रेमिटान्स भित्रिने गरेको छ । मलेसिया, साउदी अरब, कतार, बहराइन, हङ्कङ, सिङ्गापुरलगायत मुलुकमा रोजगारीको सिलसिलामा त्यहाँ कार्यरत रुकुमेलीको सङ्ख्या उल्लेख्य रहेकाले यहाँ दैनिक विप्रेषण बढ्दै गएको हो ।
जिल्लामा १९ वटा मनिट्रान्सफरमार्फत दैनिक रु एक करोड बढी विप्रेषण भित्रने गरेको छ । डिग्रे शाइकुमारी ऋण तथा बचत सहकारीबाट मात्र दैनिक रु २५ देखि ३० लाख बराबरको विप्रेषण जिल्लामा भित्रने गरेको छ ।
हाम्रो बचत तथा सहकारी संस्थाका प्रबन्धक प्रेम खड्काका अनुसार मलेसिया, कतारलगायतका देशबाट पनि दैनिक रु २० लाखसम्मको विप्रेषण भित्रने गरेको छ । सदरमुकाम मुसिकोटमै रहेको प्रभु मनी ट्रान्सफर रुकुम र सिटी एक्सप्रेस रुकुमले पनि दैनिक लाखौँको कारोबार गर्ने गरेका छन् ।
विदेशिएका आफन्त पनि आफ्नै जिल्लाबाट छिटो छरितो रुपमा पैसा पाउने भएकाले मनी ट्रान्सफरहरुप्रति आकर्षित भएको आइएमई रुकुमकी दीपा ओलीले बताए ।
वेस्टर्न युनियन मनी ट्रान्सफर रुकुमका शाखा प्रबन्धक अनिल बिएमका अनुसार जिल्ला भित्रनेभन्दा बाहिरिने रेमिट दर कमी रहेको छ । दैनिक रु एक करोडभन्दा बढी विप्रेषण जिल्ला भित्रिने भएपछि स्थानीय अर्थतन्त्रमा केही सुधार भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण