जीवन रक्षाका लागि राष्ट्रसङ्घका महासचिव बानसँग आग्रह
प्लेस्टाइन– प्यालेस्टेनी अधिकारीद्वारा शनिबार संयुक्त राष्ट्रसङ्घका महासचिव बानकी मुनलाई एक पत्र लेख्दै इजरायली जेलमा बन्दी जीवन बिताइरहेका छ जना नागरिकको जीवन रक्षाका लागि पहल गर्न आग्रह गरेका छन् ।
‘प्यालेस्टाइनी लिवरेसन अर्गनाइजेसन पिएलओ डिटेनिज अफियर्स कमिसन’ प्रमुख इशा काराकले राष्ट्रसङ्घ महासचिव बानलाई इजरायली जेलमा भोक हडतालमा विगत ६५ दिनदेखि बसेका प्यालेस्टिनी नागरिकको स्वास्थ्य अवस्था अत्यन्त खतरा अवस्थामा रहेको बताउनुहुँदै उनीहरुको जीवन रक्षार्थ कदम लिन आग्रह गरेका हुन् ।
इजरायली जेल प्रशासनले स्वास्थ्य सेवालगायत बन्दीलाई दिनुपर्ने सेवा अन्तर्राष्ट्रिय मापदण्डअनुसार नभएको भन्दै उनीहरुले ६५ दिन पहिले भोक हडताल सुरु गरेका थिए । उनीहरुलाई बन्दीको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुन तथा राष्ट्रसङ्घको सङ्कल्प बमोजिम संविधान नदिएपछि जेलभित्र आन्दोलनमा रहेका प्यालेस्टिनी नागरिकको अवस्थाबारे छिट्टै राष्ट्रसङ्घले एउटा समिति बनाई अनुसन्धान सुरु गर्न महासचिव बानलाई खेलेको पत्रमा आग्रह गरेका छन् ।
अधिकारीहरुका अनुसार करिब सात हजार प्यालेस्टिनी नागरिक इजरायली जेलमा बन्दी जीवन बिताइरहेका छन् ।
यीमध्ये ४२ जनालाई २० वर्षको कराबास सजाय तोकिएको छ भने ४५० बालबालिका तथा ५८ महिलाले पनि विभिन्न अभियोगमा कठिन जेल जीवन बिताइरहेको प्यालेिस्टनी अधिकारीहरुको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८५औँ मिनेटमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण