बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हावाहुरीले पूर्वमा ३ सय घरमा क्षति

आइतबार, २६ वैशाख २०७३, ०९ : ०३
आइतबार, २६ वैशाख २०७३

उदयपुर – जिल्लाको पूर्वी क्षेत्रमा पानीसँगै आएको भीषण हावाहुरीले सयौं घरको छाना उढाएको छ । शनिबार राती आएको हावाहुरीले तीन सयभन्दा बढी स्थानीयको घर तथा विद्यालयमा क्षति पु¥याएको हो ।

हावाहुरीले रामपुर ठोक्सिला, मैनामैनी, कटुन्जेबबला, सिद्धिपुर गाविसको चार दर्जन विद्यालय तथा करिब २ सय ५० भन्दा बढीको घरको छाना उडाएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका प्रहरी निरीक्षक अमतलाल माझीले जानकारी दिए ।

पानीसँगै आएको ठूलो हावाहुरीले रामपुर ठोक्सिला गाविसको वडा नम्बर–१ देखि ५ सम्मको अधिकांश ५० प्रतिशत घरहरुमा क्षति पु¥याएको स्थानीय मनोज तामाङले बताए । हावाहुरीले घरको छाना उडाएपछि स्थानीयहरु खुल्ला आकासमुनी बस्न बाध्य बनेका छन ।

तामाङकाअनुसार माध्यामिक विद्यालय वरपिपल, कोशी उच्च माध्यामिक विद्यालय, सातपत्रे प्राथमिक विद्यालय, चक्रपुर माध्यामिक विद्यालय, भचुवा प्राथमिक विद्यालय, सरस्वती प्राथमिक विद्यालय, रंगशाला प्राथमिक विद्यालय, दुर्गा प्राथमिक विद्यालय, रामपुर पब्लिक इङलिस बोर्डिङ्ग स्कुललगायतमा क्षति पुगेको छ ।

हावाहुरीले स्थानीय कृषकहरुले लगाएको आँप, लिची, मेवा, कटहरलगायतका मौसमी फलफुललाई समेत क्षति पुर्याएको छ ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले हावाहरीको पूर्ण विवरण आउन बाँकी भएकाले क्षतीको संख्यामा वृद्धि हुनसक्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप