एकै साथ मातृ र पितृशोक बिर्सेर अग्नी पीडितको उद्दारमा थापा
वैशाख २ गते उनकी आमा देवकुमारी थापाको ८१ बर्षको उमेरमा मृत्यु भएको थियो । गत वर्ष वैशाख १२ को भूकम्पले दुवै घर भत्केर उनीहरुको परिवार गोठमा बस्दै आएको थियो ।
उनका भाई चन्द्रबहादुर केहि वर्षअघि रुखबाट लडेर थला परेका छन् । चोटैमाथि चोट र ऋणैमाथि ऋणको भारी बोकेर थकित परेका खुमबहादुर आफैँको समस्या समाधान गर्न अहिले चन्दा उठाउनुपर्ने अवस्थामा छन् ।
तर, उनी आफैँ दजाकोट र माझागाउँका अग्नी पिडितहरुको उद्दारका लागि सहयोग संकलन र घर टहरा निर्माण कार्यमा खटेका छन् । उनका पिताको मृत्यु भएको आज ९ दिन भयो । एकीकृत नेकपा माओवादीका जिल्ला सचिवालय सदस्य तथा त्यस ९ नम्वर ईलाका ईन्चार्ज रहेका थापा भन्छन्– ‘मेरो पीडा एकाघरको हो, तर दजाकोटर माझगाउँको पीडा सिङ्गो गाउँको भएकोले उनीहरुको उद्दार कार्यमा जुटेको हुँ, मलाई मातृ र पितृ शोकको भन्दा यो सिङ्गो गाउँ जलेको बढि पीडा छ ।’
उनले काजकिरिया गर्ने कार्यलाई ढाेंंगी परम्पराको संज्ञा दिए । उनले भने– ‘छोराछोरीले बाबु आमालाई बाँचुञ्जेल वेवास्त गर्ने जब मर्छन तवब काज किरिया लगायतको ढोंग रच्ने गरेको मलाई मनपर्दैन ।’
वाईसियलसहित अस्थाई घर टहरा निर्माण कार्यको कमाण्ड सम्हालेका एमाओवादी जिल्ला सह–सचिव बुद्धि जिसी भन्छन्– ‘खुमबहादुरमा भएको साहस र समाजप्रतिको दायित्व बोधलाई हामी सलाम गर्छौं ।’
त्यस दजाकोट र बडागाउँका अग्नी पिडितहरुको घर टहरा निर्माणमा एमाओवादी सहित नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरु पनि आ–आफ्नो घरयासी समस्या भुलेर घर टहरा निर्माण तथा राहत संकलन कार्यमा जुटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण