कतारमा एक हप्तापछि मजदुर दिवस
उदयपुर– प्रवासी नेपालीको संगठन नेपाली जनप्रगतिशिल मन्च कतारले अन्तराष्ट्रिय मजदुर दिवस एक हप्तापछि एक कार्यक्रमको आयोजना गरि मनाएको छ ।
मे १ तारिकका दिन विश्वव्यापी मजदुर दिवस भएपनि कतार सरकारले सार्वजनिक विदा नदिएको कारण नेपाली मजदुरहरुले स्थानीय सार्वजनिक विदाको अवसर पारेर शुक्रबार मजदुर दिवस मनाएका हुन् । नेपाली श्रमिक मजदुरहरुले कतारको सनैयामा एक भव्य कार्यक्रम गरि मनाएका हुन् ।
मजदुर दिवसको अवसरमा प्रगतिशिल मञ्चका अध्यक्ष शनिकुमार ओलीको अध्यक्षतामा नेपाली मजदुरहरु एक भई शुभकामना आदन–प्रदान गरि मनाएको मञ्चका सूचना तथा सञ्चार विभाग प्रमुख होम बहादुर बस्नेतले बताए ।
सञ्चार विभाग प्रमुख बस्नेतका अनुसार प्रवासी नेपालीहरुको समस्यालाई सञ्चारमाध्यमबाट प्रचार–प्रसार गर्न मञ्चले छिट्टै एक अनलाइन स्थापना गरि सञ्चालनमा ल्याउने तयारी भैरहेको कुरा जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष शनीकुमार ओलीले पछिल्लो समय रुमेला हस्पिटलमा ५ महिनादेखि बेहोस अवस्थामा उपचार गराइरहेका रुकुम जिल्ला घर भएका ललित बुढामगरको उपचारको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन आवश्यक रहेको बताए ।
उनले भने, ‘विरामी ललित बुढामगरको आश्रीत परिवारलाई आर्थिक सहयोग गर्नपर्ने देखिएकोले मञ्चले सहयोग अभियान सञ्चालन गर्ने जानकारी दिए ।’ अध्यक्ष ओलीले सहयोग अभियानलाई व्यवस्थित रुपले अगाडि बढाउन मञ्चका कार्यकर्ता हरुलाइ निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण