बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भक्तपुरमा तीन जना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई घाइते

आइतबार, २६ वैशाख २०७३, ०९ : २८
आइतबार, २६ वैशाख २०७३

भक्तपुर–आज बिहान ३ बजे भक्तपुरको सूर्यविनायकमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक नुवाकोट जिल्ला चोर्थे–९ का २८ वर्षीय युवराज श्रेष्ठ रहेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुर कन्ट्रोलका अनुसार तीनजना सवार बा२४प ४९९४ नंको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब चार मिटर तल नालीमा खसेर दुर्घटना भएको थियो ।

मृतकको टाउकोमा गम्भीर चोट लागेकाले भक्तपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार २० वर्षीय अनिल राई र २१ वर्षीय विराज गुरुङको भने भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप