जापानिज इन्सेफ्लाइटिस रोगविरुद्धको खोप अभियान सुरु
काठमाडौँ–आजबाट जापानिज इन्सेफ्लाइटिस रोगविरुद्धको ‘जेई खोप’ लगाउने अभियान सुरु भएको छ ।
स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य महाशाखाका अनुसार नयाँ ४४ जिल्ला र पुराना तीन गरी ४७ जिल्लाका एकदेखि १५ वर्ष उमेरका ३४ लाख बालबालिकालाई खोप दिन लागिएको हो । आजदेखि जेठ मसान्तसम्म जेई खोप अभियानका रुपमा सञ्चालन हुनेछ ।
यसअघि ३१ जिल्लामा खोप अभियानका रुपमा सञ्चालन भई नियमित खोप कार्यक्रम सञ्चालन भइरहेको छ । पहिले सञ्चालन भइसकेर पनि जेई रोगबाट बढी प्रभावित तीन जिल्ला झापा, मोरङ र सुनसरीमा यसपटक पनि अभियान दोहो¥याउन लागिएको हो । बाँकी २८ वटा जिल्लामा भने नियमित खोप तालिकाअन्तर्गत नै जेई खोप सञ्चालन हुनेछ ।
अभियानका लागि १६ हजार बढी खोप केन्द्रमा स्वास्थ्य कार्यकर्ता तथा महिला स्वास्थ्य स्वयम्सेविका खटाइएको छ ।
पूर्वाञ्चल क्षेत्रको १३ जिल्ला भोजपुर, धनकुटा, इलाम, झापा, खोटाङ, मोरङ, ओखलढुङ्गा, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, सुनसरी, ताप्लेजुङ र तेह्रथुम, मध्यमाञ्चल क्षेत्रका पाँच जिल्ला दोलखा, नुवाकोट, रामेछाप, रसुवा र सिन्धुपाल्चोक, पश्चिमाञ्चल क्षेत्रका ११ जिल्ला अर्घाखाँची, बागलुङ, गोरखा, गुल्मी, लम्जुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँ, मध्यपश्चिम क्षेत्रका ११ जिल्ला दैलेख, डोल्पा, हुम्ला, जाजरकोट, जुम्ला, कालीकोट, मुगु, प्यूठान, रोल्पा, रुकुम र सल्यान सुदूरपश्चिम क्षेत्रका सात जिल्ला अछाम, बैतडी, बझाङ, बाजुरा, डडेल्धुरा, दार्चुला र डोटीमा खोप अभियान सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण