मलेसिया सरकारले लेबी बढाउँदा कामदार आक्रोसित
मलेसिया–रोजगारको सिलसिलामा नेपालीहरु धेरै मात्रामा विदेशीने देशहरुमध्ये मलेसिया पनि एउटा हो । हाल मलेसियामा करिब ९ लाख नेपालीहरु लिगल र इलिगल रुपमा काम गर्दै आएका छन् ।
मलेसिया सरकारले कामदारको सेवा सुविधा बढाउनुपर्ने ठाउँमा उल्टो लेबी बढाएर यहाँ कार्यरत कामदारमाथि अन्याय गरेको छ । मासिक १०४ रिङ्गेटबाट यो महिनादेखि लेबी बढाएर १५४ रिङ्गेट बनाएको छ । मलेसिया सरकारको यो कदमपछि यहाँ कार्यरत सबै देशका कामदारहरु आक्रोसित भएका छन् । सुरक्षाको हिसाबले पनि धेरै नै जोखिम पूर्णठाउँ हो मलेसिया । यति जान्दाजान्दै पनि नेपाल सरकार र एमबिसिले यसबारे कुनै चासो नदेखाउनुले नेपाली कामदार नेपाल सरकारप्रति पनि आक्रोशित भएका हुन् ।
यहाँ कार्यरत नेपाली कामदारहरुको पूर्ण सुरक्षाको ग्यारेन्टी नहुँदा र कामदरलाई उचित सेवा सुविधा मलेसिया सरकारले उपलब्ध नगराउँदासम्म तत्काल नेपाली कामदार मलेसिया आउन रोक लगाउनुपर्ने बताएका छन् । यहाँका कम्पनीहरुले पनि कामदारहरुलाई मानवीय व्यावहारसम्म पनि गर्दैनन्, हरेक दिन यहाँ नेपाली कामदार घाइते बनाइने र मार्ने क्रम बढिरहेको छ । यहाँ कार्यरत नेपाली कामदारको सुरक्षा र उचित सेवा सुविधा दिलाउन नेपाल सरकारले तत्काल कदम चाल्न जरुरी छ । विभिन्न कारणबस इलिगल भएका नेपालीलाई तत्काल नेपाल फर्किने सहज वातावरण पनि नेपाल सरकारले बनाउनु आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण