बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भुटानलाई भीमनारायण गोल्डकपको उपाधी

आइतबार, २६ वैशाख २०७३, ०९ : ४२
आइतबार, २६ वैशाख २०७३

धनकुटा–बिआरसी भुटानले धनकुटामा सञ्चालित १२ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको उपाधी हात पारेको छ । स्थानीय तल्लो टुँडिखेलमा शनिवार भएको फाईनल खेलमा गोधुली क्लव सुनसरीलाई ट्राईवेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै भुटानले उपाधी हात पारेको हो ।

निर्धारित ९० मिनेटको खेलमा एक(एक गोलको बराबरी भएपछि खेल ट्राईवेकरमा पुगेको थियो । ट्राईवेकरमा बिजयी टिम भुटानका बुद्ध तामाङ्ग, मौसा वाल्लो, रुपेशकेसी र सुमन लामाले समान एक(एक गोल गर्दै टिमलाई उपाधी दिलाएका हुन । यता गोधुलीका निराजन खड्का र हेमन्त थापामगरले गोल गरे ।

गोधुलीका प्रकाश बुढाथोकीले गरेको प्रहार पोलभन्दा माथिबाट बाहिरियो भने निशान्त राईको प्रहार खम्वामा ठोकिएको थियो । उपाधीसँगै भुटानले दुईलाख नगद हात पार्यो भने उपबिजेता गोधुली क्लवले एक लाख नगद सहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडी गोधुलीका पिटर घोषित भए भने सबैभन्दा बढी गोलकर्ता गोधुलीकै ह्याट्रिककर्ता मिलन राई बनेका थिए ।

बिजयी टिम भुटानका निदेश कार्की फाईनल खेलको उत्कृष्ठ खेलाडी घोषित भए । बिजयी टिम र खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट, सांसद एवं शहीद भीमनारायणका पुत्र मनोहरनारायण श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए । वैशाख १८ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा उपधीका लागि दुई विदेशीसहित ८ टिमबीच प्रतिस्प्रर्धा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप