बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जनसांस्कृतिक महासङ्घको अध्यक्षमा गणेश भण्डारी

आइतबार, २६ वैशाख २०७३, १० : ५४
आइतबार, २६ वैशाख २०७३

काठमाडौं –एकीकृत नेकपा (माओवादी) को घटक संगठन एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको अध्यक्षमा गणेश भण्डारी निर्वाचित भएका छन् । राजधानीमा दुई दिनसम्म चलेको पाँचौं राष्ट्रिय सम्मेलनबाट भण्डारी सर्वसम्मतिले अध्यक्षमा निर्वाचित भएका हुन् । सम्मेलनले १०१ सदस्यीय केन्द्रिय समिति सर्वसम्मतिले चयन गरेको छ ।

भण्डारी दशवर्षे जनयुद्धमा सम्लग्न एक अग्रज सांस्कृतिककर्मी हुन् । सुर्खेत जेलब्रेक गरेका भण्डारी २०६५ र २०६८ मा दुईपटक चलचित्र विकास बोर्डको अध्यक्ष समेत भइसकेका छन् ।

त्यस्तै महासङ्घको उपाध्यक्षमा घटक संगठनका अध्यक्षहरु निर्वाचित भएका छन् । जसमा केपी पाठक, राजु स्याङ्तान, देवेन्द्र थुम्केली, किशोर अनुराग र सीता शर्मा लगायतका रहेछन् । महासचिवमा पूर्व जनमुक्ति सेनाका कमाण्डर तथा कथाकार सरल सहयात्री निर्वाचित भएका छन् । त्यस्तै उप–महासचिवमा कवि संगीत स्रोता र सचिवहरुमा सात वटा प्रदेशका महासङ्घका अध्यक्षहरु निर्वाचित भएका छन् । त्यसैगरि कोषाध्यक्षमा सामना परिवारका कलाकार सुवर्ण हमाल निर्वाचित भएका छन् ।

महासङ्घमा पाँच वटा घटक संगठनहरु क्रियाशिल छन् । जसमा अखिल नेपाल लेखक संघ, अखिल नेपाल जनकलाकार संघ, अखिल नेपाल चलचित्रकर्मी संघ, अखिल नेपाल ललितकला संघ र अखिल नेपाल नाट्यकर्मी संघ रहेका छन् ।

महासङ्घले समाजवादी क्रान्तिका लागि सांस्कृतिक आधारभूमि तयार पार्न अभियान र सङ्घर्षका कार्यक्रमहरु संचालन गर्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप