बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

व्यापारीका दुःख : प्रहरीदेखि टोलेगुन्डासम्मले सताउँछन्

आइतबार, २६ वैशाख २०७३, ११ : १३
आइतबार, २६ वैशाख २०७३

देशका विभिन्न स्थानमा व्यापार गरिरहेका व्यापारीले विभिन्नखालका दुःख भोग्ने गरेका छन् । विशेषगरी काठमाडौँका विभिन्न स्थानमा व्यापार गरिरहेका व्यापारीले विभिन्नखालका दुःख भोग्ने गरेका छन् । भूकम्प र नाकाबन्दीले थलिएको व्यापारको पीडामाथि नगरपालिकाबाट खटिएका प्रहरी, विभिन्न राजनीतिक दलका कार्यकर्तादेखि टोलेगुन्डाले थप पीडा दिने गरेको व्यापारीको गुनासो छ । प्रहरीले दुःख तनाव काठमाडौँका विभिन्न स्थानमा व्यापार गरिरहेका व्यापारीलाई विभिन्न बहानामा काठमाडौँ महानगरपालिकाका नगर प्रहरीदेखि नेपाल प्रहरीसमेतले दुःख दिने गरेको गुनासो छ । विशेषगरी फुटपाथमा व्यापार गर्ने व्यापारीलाई प्रहरीले बढी दुःख दिने गरेको छ । यसका अलावा न्युरोडपरिसरमा बाटा–बाटामा राखिएका विभिन्न पसलका सञ्चालकलाई पनि प्रहरीले दुःख दिने गरेको गुनासो व्यपारीको छ । न्युरोडमा भाँडापसल सञ्चालन गरेर बसेका एक व्यापारी भन्छन्, ‘प्रहरीले समय–समयमा दुःख दिने गरेको छ । कहिले बाटोमा पसल राखेको बहानामा, कहिले सटरको सामान बाटोमा राखेको बहानामा त कतै नगरपालिकाको नियमअनुसार काम नगरेको बहानामा प्रहरीले दुःख दिने गरेको छ ।’ उनका अनुसार कहिलेकाहीँ त प्रहरी र व्यापारीबीच झगडासमेत पर्ने गरेको छ । दलका कार्यकर्ताले पनि दिन्छन् दुःख व्यापारीलाई विभिन्न राजनीतिक दलका कार्यकर्ताले समेत दुःख दिने गरेका छन् । आफ्नो पार्टीको विभिन्नखालको कार्यक्रममा सहयोग गर्ने बहानामा, विभिन्न चाडपर्वमा चिट्ठा किन्ने बहानामा, पार्टीलाई आवश्यक सहयोग गर्ने बहानामा होस् वा पार्टीले निकाल्ने विभिन्न पुस्तकमा विज्ञापन छाप्ने बहानामा, व्यापारीलाई राजनीतिक दलका कार्यकर्ताले दुःख दिने गरेका छन् । नयाँबानेश्वरमा एक कन्सल्टेन्सीका सञ्चालक भन्छन्, ‘कहिलेकाहीँ त तीन/चार हुल नै आउँछन् ।'

काठमाडौँका विभिन्न स्थानमा रहेका टोलेगुन्डाले पनि व्यापारीलाई दुःख दिने गरेका छन् । कतिपय टोलेगुन्डाले विभिन्न चाडबाडका बेला चन्दा मागेर दुःख दिने गरेका छन् भने कतिपय गुन्डाले महिनैपिच्छे पैसा असुल्ने गरेका छन् । अझ कतिपय टोलेगुन्डाले त आफूसँग पैसा नभएको, साथी जेल परेको जस्ता कारण देखाएर विनाकारण पनि पैसा असुल्ने गरेका छन् ।

पार्टीलाई सहयोग गर्नुपरयो भन्नेदेखि पार्टीले निकालेको पत्रिका वा क्यालेन्डरमा विज्ञापन छपाउन भन्दै आर्थिक चन्दा माग्छन् । साहै्र ठूला कहलिएका राजनीतिक दलका संगठनदेखि नाम नै नसुनेका तर कुनै न कुनै राजनीतिक दलसँग आबद्ध संगठनका प्रतिनिधि आएर चन्दा माग्ने गरेका छन् । व्यापार भएका बेला त खासै समस्या पर्दैन, व्यापार नै नभएका बेला पनि जबरजस्ती गर्दाचाहिँ साहै्र दुःख लाग्छ । उनका अनुसार विभिन्न राजनीतिक दलका कार्यकर्ताले पहिला सहयोग माग्ने र रहयोग नदिए कारबाही गर्ने र व्यवसाय नै बन्द गरिदिने चेतावनीसमेत दिने गरेका छन् । टोलेगुन्डाले हैरान पार्छन् काठमाडौँका विभिन्न स्थानमा रहेका टोलेगुन्डाले पनि व्यापारीलाई दुःख दिने गरेका छन् । कतिपय टोलेगुन्डाले विभिन्न चाडबाडका बेला चन्दा मागेर दुःख दिने गरेका छन् भने कतिपय गुन्डाले महिनैपिच्छे पैसा असुल्ने गरेका छन् । अझ कतिपय टोलेगुन्डाले त आफूसँग पैसा नभएको, साथी जेल परेको जस्ता कारण देखाएर विनाकारण पनि पैसा असुल्ने गरेका छन् । काठमाडौँ बौद्धमा कपडा व्यापार गर्ने एक व्यापारी भन्छन्, ‘मेरो साथी जेल पर्यो, साथीलाई जेलबाट निकाल्न पाँच हजार चाहियो भनेरसमेत आउने गर्छन् । अधिकांश यस्ता गुन्डा मदिरा पिएर आउने हुनाले आफ्नो व्यापारमा असर पार्नु वा तिनीहरूसँग रिस साँध्नुभन्दा केही पैसा दिनु नै ठीक हो भनेर दिने गरेका छौं । तर, यसले निकै समस्या भएको छ ।’ विभिन्न राजनीतिक दलको संरक्षणमा यस्ता टोलेगुन्डाले व्यवसायलाई नै असर गर्नेगरी दुःख दिने गरेका छन् । टोलेगुन्डाले सबैभन्दा बढी रेष्टुराँ व्यापारीलाई पिरोल्ने गरेका छन् । कतिपय स्थानमा टोलेगुन्डा आउने, टन्न खाने तर पैसा नतिर्ने गरेका छन् ।’ राजधानीका साना, मझौलादेखि केही ठुला रेस्टुराँमा पनि टोलेगुन्डाको दबदबा छ ।’ काठमाडौँ, थापाथलीका एक रेस्टुराँ सञ्चालक भन्छन्, ‘उनीहरू आउँछन्, आफूलाई मन लागेको खान्छन्, पिउँछन् र जान्छन् । कतिपय टोलेगुन्डाले त उल्टो पैसा लिएर पनि जान्छन् । व्यापार गर्न निकै समस्या छ ।’ मिडियाले उस्तै सताउँछ जनतालाई सुसुचित गराउने मिडियाको धर्म भए पनि कतिपय व्यापारीलाई विभिन्न मिडियाले समेत दुःख दिने गरेका छन् । आफ्नो सञ्चारगृहको प्रकृतिअनुसार विभिन्न व्यापारीलाई मिडियाले दुःख दिने गरेको व्यापारीको भनाइ छ । विशेषगरी आफ्नो रेडियो, पत्रिका वा अनलाइनमा विज्ञापन गर्न भन्दै विभिन्न मिडियाले व्यापारीलाई दुःख दिने गरेका छन् । विशेषगरी काठमाडौँमा सञ्चालन भइरहेका कन्सल्टेन्सी, सुन पसल, रेस्टुराँलगायतका सञ्चालकलाई आफ्नो व्यापारको विज्ञापन गर्न भन्दै मिडियाले दुःख दिने गरेको व्यापारीहरू बताउँछन् । काठमाडौँ नयाँबानेश्वरका एक कपडा पसल सञ्चालक भन्छन्, ‘हाम्रो पसलबाट काठमाडौँका केही नाम चलेका कलेजको ‘ड्रेस’ सिलाइ हुने थाहा पाएपछि हाम्रो पसलको विज्ञापन गर्नु भन्दै दैनिकजसो रेडियो र पत्रिकाका थुप्रै प्रतिनिधि आउने गरेका छन् ।’ यता कालीमाटीमा एक रेस्टुराँ सञ्चालन गरिरहेका सञ्चालकको दुःख पनि उस्तै छ । विशेषगरी साप्ताहिक पत्रिका र रेडियोले विज्ञापन मागेर हैरान गर्ने उनको भनाइ छ । कर्मचारीले ठाडै घुस माग्छन् काठमाडौँमा सञ्चालित कतिपय व्यापारीले व्यापारीसँग ठाडै घुस माग्ने गरेका छन् । नियमविपरीत काम गरेको भन्दै होस् वा व्यापारलाई असर गरिदिने भन्दै विभिन्न सरकारी कर्मचारीले व्यापारीबाट घुस लिने गरेका छन् । विशेषगरी, दसैँ तिहारजस्ता चाडबाडका बेला रकम नै तोकेर कर्मचारीले घुस माग्ने गरेको व्यापारीको भनाइ छ । ‘वाणिज्य विभागका कर्मचारी आएर ठाडै घुस माग्छन् । घुस नदिएको खण्डमा छापा मार्ने, उजुरी गर्ने र व्यापार नै बन्द गरिदिनेसम्मको चेतावनी दिन्छन् । त्यसपछि उनीहरूलाई केही रकम दिनुको विकल्प हुँदैन,’ काठमाडौँ, नयाँबानेश्वरमा मिठाइ पसल सञ्चालन गरेर बसेका एक व्यापारीले रातोपाटीलाई सुनाए । विशेषगरी मदिराका, मिठाइ, तथा रेस्टुराँ व्यापारीहरूलाई कर्मचारीहरूले बढी दुःख दिने गरेका छन् । ’उनीहरूलाई पैसा दिनुको विकल्प हुँदैन । उनीहरूको धम्की नै डरलाग्दो हुन्छ । गल्तीनै नगरेको भएपनि जवरजस्त गलत देखाउन सक्ने धम्की दिने हुनाले लाखौंको लगानी गरेको व्यापारमा जोखिम मोल्न नचाहने हुनाले उनीहरूले मागेको रकम दिने गरेको व्यापारीहरूको गुनासो छ । बैंकले ऋण दिँदैनन्, दिए बढी तनाव आफ्नो व्यापार व्यवसाय घाटामा गएका बेला होस् वा व्यापारलाई अझ परिष्कृत गर्ने सवालमा होस्, बैंकबाट ऋण लिएर काम गर्नु उचित मानिन्छ । तर, काठमाडौँका अधिकांश व्यापारीको बैंकसँगको अनुभव निकै तीतो छ । बैंकले ऋण दिन आनाकानी गर्ने, ऋण मिलाइदिन पनि ‘ज्याक’ लाउनुपर्ने, ऋण मिलाइदिनेलाई कमिसन दिनुपर्ने, बैंकमा सेवा शुल्क छुट्टै तिर्नुपर्ने, ब्याज बढी हुनेजस्ता समस्याले व्यापारी निकै समस्यामा पर्ने गरेका छन् । कोटेश्वरमा एक हार्डवेयर पसल सञ्चालन गरेर बसेका एक व्यापारी भन्छन्, ‘ऋण मिलाइदिनेलाई समेत कमिसन दिनुपर्छ । हामीले बुझ्ने धेरै नियम देखावटीमात्र हुने गेरको छ । बैंकले गर्दा थुप्रैपटक दुःख पाउनुपरेको छ ।’ व्यापारीका हक–हितमा आवाज उठाइरहेका छौं : व्यवसायी संघ विभिन्न क्षेत्रमा व्यापार गरिरहेका व्यापारीका विभिन्न संगठनले व्यापारीका हक–हितमा आफूहरूले आवाज उठाइरहेको बताउँछन् । ‘व्यापारीलाई समस्या पर्दा सहयोग गर्ने गरेका छौँ । क–कसले कस्तोखालको दुःख दिएका छन्, संघमा उजुरी गरे त्यहीअनुसारको कारबाही प्रक्रिया अगाडि बढाउँछौँ,’ कोटेश्वर व्यवसायी संघका एक सदस्यले रातोपाटीलाई सुनाए । उनी अगाडि भन्छन्, ‘विभिन्न व्यक्तिले दुःख दिने गरेका घटना पहिलेभन्दा अहिले कम भएका छन् । पीडितले उजुरी गरेको खण्डमा कारबाही गर्छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप