मैदानमै ढलेका क्यामरुनका फुटबल खेलाडीको निधन
काठमाडौं – रोमानियाको लिगमा डायनामो बुचारेस्टबाट खेल्ने क्रममा गत शुक्रबार मैदानमा नै ढलेका क्यामरुनका मिडफिल्डर प्याट्रिक इकेङको निधन भएको छ । उनको उपचारमा संलग्न फ्लोरेस्का अस्पतालका प्रवक्ता क्रिस्टियन पान्ड्रेयाले दिएको जानकारी अनुसार मैदानमा ढलेका प्याट्रिकलाई बचाउन हरप्रयास गरे पनि असफल भएको हो । २६ वर्षीय खेलाडीको के कारणले निधन भयो भन्ने खुलाइएको छैन । स्थानीय मिडियाले भने उनलाई हृदयघात भएको बताएको छ ।
भिटोरुल कोन्सटान्टाविरुद्धको खेलमा डायनामोले ३–२ को अग्रता लिएको समयमा खेलको ६९ औं मिनेटमा ढलेका प्याट्रिक मैदानमा ढलेका थिए । उनी अतिरिक्त खेलाडीको रुपमा मैदान छिरेको मात्र ७ मिनेट भएको थियो ।
उनी ढल्ने बित्तिकै दुवै टोलीका खेलाडीहरुले उनलाई मैदानमै प्राथमिक उपचार गर्ने प्रयास गरेका थिए । क्लबले फेसबुकमा लेख्दै प्याट्रिकलाई सदाका लागि गुमाएको जानकारी दिएको छ । प्याट्रिक ढलेर अस्पताल लैजाँदा उनका समकक्षीहरु मैदानमा रोइरहेका थिए भने हजारौं समर्थक अस्पताल बाहिर जम्मा भएका थिए । उनले यसअघि स्पेनिस क्लब कोरडोबा, स्वीस क्लब लौसाने र फ्रेन्च क्लब ले मान्सबाट व्यवसायिक फुटबल खेलिसकेका थिए । सन् २०१६ मा डायनामो आएका उनले क्लबबाट ७ खेल खेलेका थिए ।
Sad day for football... RIP Patrick Ekeng. pic.twitter.com/OsH4pHfrkN
— LaLiga (@LaLigaEN) May 6, 2016
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण