बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युवतीलाई गर्भवती बनाई फरार पक्राउ

आइतबार, २६ वैशाख २०७३, १२ : ००
आइतबार, २६ वैशाख २०७३
बनेपा - काभ्रेपलाञ्चोकमा एक युवतीलाई जबर्जस्ती करणी गरेर गर्भवती बनाउने तीनथली गाविस–५ निवासी १९ वर्षीय जितबहादुर थापालाई चौबास गाविसबाट प्रहरीले शनिबार पक्राउ गरेको छ । एक महिनाअघि जबर्जस्ती करणी गरेर फरार रहेका थापाविरुद्ध निजका आफन्तले एक साताअघि प्रहरीमा उजुरी दर्ता गरिएको थियो । जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले उनीविरुद्ध जबर्जस्ती करणीको मुद्दा दायर गरेर अनुसन्धान भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप