बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पहाडमा घर जल्दा तराईले छानो दियो....

आइतबार, २६ वैशाख २०७३, १२ : १५
आइतबार, २६ वैशाख २०७३

गुल्मी– ‘पहाडमा जाडो बढे तराईले सेक्नु पर्छ, आँधी आए तराईमा पहाडले छेक्नु पर्छ....’ भन्ने वोलको गीतलाई तराईबासीहरुले यथार्थमै पुष्ट्याँई गरेका छन् ।

गत बैशाख १८ गते गुल्मीका बडागाउँ १ को दजाकोट र वडा नम्वर २ को माझागाउँमा झण्डै सिङ्गो गाउँ नै ध्वस्त हुने गरी लागेको भीषण आगलागीबाट घरवारविहिन बनेका त्यस गाउँका वासीन्दालाई तराईका वासीन्दाले छानो अर्थात ठुलो परिमाणमा टेण्ट दिएका छन् ।

छानो मात्र होईन उनिहरुले आगलागी संगै अन्धकार बनेको त्यस गाउँलाई उज्यालो समेत दिएका छन् । उज्यालो संगै उनिहरुले खाद्यान्न, कपडा लत्ता र थुप्रै जिन्सी सामग्री पठाएका छन् । यसरी पहाड र तराई विचको सामिप्यता बढाउने सामाजिक अभियान्ता हुन जनकपुरका सरोज राय । आईतवार विहान अग्नी पिडित गाउँ दजाकोटमा ठुलो परिमाणमा राहत सामग्री लिएर आई पुगेका जनकपुरका सरोज रायले पहाडवासी गुल्मेलीहरुको विपदको खवरले पिडावोध भएर आफु सहयोग संकलनमा जुटेको बताए ।

उनले भुईमा ओछ्याउने मेट्रेस ६२ थान, सोलार वत्ती ६२ घरधुरीलाई , झुल ६२ घरधुरीलाई , टेण्ट पनि ६२ घरधुरीलाई , तन्ना ६२ थान, प्रति परिवार ३ पिसका दरले , नुहाउने र कपडा धुने सावुन, टुथ पेष्ट र व्रुस पनि प्रति परिवार ३ पिसका दरले, सोयाविन तेल ६२ घरधुरीलाई , नुन ६२ किलो , दाल ६२ किलो, चामला १० किलोका दरले प्रति परिवार , मसला , वेसार खुसी लगायतका १४ थान सामग्री ल्याएर आएका हुन् ।

उनले प्रति परिववार ५ हजार ५ सय मुल्य वरावरको राहत सामग्री बडागाउँ अग्नी पिडित राहत संकलन तथा वितरण समितिलाई बुझाए ।

उनले उक्त सामग्री (एनटा युएसए) एशोसियसन अफ नेपाली तराईएन अमेरिका, अनआरएन एनसिसी युएसए र कोशिस नामक संस्थाबाट सहयोग जुटाएर ल्याई पुराएको बताए । गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँणेल भन्छन्–‘ सरोज रायजीले उक्त सामग्री ल्याई बढागाउँका अग्नी पिडितहरुलाई बुझाउँदा म हर्षित छु । मेरो आफ्नो घर पनि रौतहट जिल्ला हो, दुखको वेलामा एक आपासलाई सहयोग गर्न नेपालीहरु जो जहाँ रहे पनि एक जट हुन्छन् र हुनु पर्दछ भन्ने ठोस प्रमाण जनकपुरको तर्फबाट गुल्मेलीलाई पुराईएको सहयोगबाट पुष्टी हुन्छ । ’

यहाँस्थित सवै राजनैतिक दलहरुले पनि तराईवासीले बडागाउँमा गरेको सहयोग प्रति आभार प्रकट गर्दै तराई, पहाड र हिमालवासी विचमा सदियौंदेखि रहँदै आएको अपासी सद्भाव कायमै रहेको टिप्पणी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप