बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तत्काल सरकार परिवर्तन हुँदैनः टोपबहादुर

आइतबार, २६ वैशाख २०७३, ०६ : ४६
आइतबार, २६ वैशाख २०७३
भक्तपुर– उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले तत्काल सरकार परिवर्तन नहुने बताएका छन् । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले सरकार परिवर्तनले सबै क्षेत्रलाई प्रभाव पार्ने भएकाले राजनीतिक समीकरणमा कुनै परिवर्तन नहुने बताए । उपप्रधानमन्त्री रायमाझीले बहुमतीय प्रणालीमा सरकार परिवर्तन भए पनि यसले समस्या समाधानमा प्रभाव नपार्ने भएकाले काँग्रेसलाई समेटेरै राष्ट्रिय सरकार निमार्णमा लाग्नुपर्नेमा जोड दिए । एकीकृत नेकपा माओवादीका नेता रायमाझीले आफ्नो दल र नेकपा क्रान्तिकारी माओवादी बीचको एकताको कामले तीव्रता पाएकाले अब छिट्टै नै दुई पार्टी एक हुने जिकिर गरे। “ऊर्जाको प्रवद्र्धन र विद्युत्भार कटौती अब छिटोभन्दा छिटो अन्त्य गर्न सरकार लागिपरेको छ”–उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप