बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विभिन्न अपराधमा फरार अभियुक्त पक्राउ

आइतबार, २६ वैशाख २०७३, १२ : ५०
आइतबार, २६ वैशाख २०७३

राजविराज - लामो समयदेखि सप्तरी जिल्ला अदालतबाट कैद र जरिवाना सजाय पाएर फरार रहेका चार अभियुक्तलाई प्रहरीले आज बिहान बेग्लाबेग्लै ठाउँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुविवाहको आरोपमा छ वर्षअगाडि फरार बक्दुवा–९ की २६ वर्षीया लक्ष्मी साह, पाँच वर्ष अगाडि चोरी मुद्दामा फरार ३६ वर्षीय बैजुप्रसाद साह तथा जार मुद्दामा तीन वर्षदेखि फरार कञ्चनरुप नगरपालिका–१ बरमझिया निवासी ५५ वर्षीय फागु पण्डित र सोही ठाउँकी ४५ वर्षीया जुल्लीदेवी पण्डित रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले एकैसाथ ती अभियुक्तलाई पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक गौरव महतले बताए । अभियुक्तलाई आज जिल्ला अदालतमा उपस्थित गराइने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप