बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मोटरसाइकल चालकका डरलाग्दा स्टन्ट (फोटोफिचर )

आइतबार, २६ वैशाख २०७३, १४ : १३
आइतबार, २६ वैशाख २०७३

काठमाडौं–शनिबार साँझ जावलाखेल चोकमा मोटरसाइकल चालकहरुको खतरनाक दृश्यहरु हेर्न झुम्मिने दर्शकहरुको ताँती थियो । भारत सिक्किमका चर्चित मोटरसाइकलका राइडर मिलन प्रधानका अनौंठा र रमाइला मोटरसाइकल राईडिङ्गका हेर्दै दर्शकहरुले मज्जा लिए । शनिबार जावलाखेल चोकमा चार महिला मोटरसाइकल राइडरसँगै २३ अन्य नेपाली राइडरको सहभागीता रहेको सो स्टण्टमा मोटरसाइकलका कलात्मक दौड देखाउने फुच्चे उमेरका युवाहरु पनि थिए । साइडर्स युनिफाइडको आयोजनामा प्रर्दशनी गरिएको थियो । नेपालभित्र मोटरसाइकल राइडिङ्ग कल्चरको खासै विकाश नभए पनि युवा युस्ता वाइक राइडिङ्गका कलात्मक दृश्य हेर्न लालाइत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप