बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बालकको मृत्यु विषयमा पनौतीमा तनाब

आइतबार, २६ वैशाख २०७३, १४ : ०४
आइतबार, २६ वैशाख २०७३

बनेपा - काभ्रेपलाञ्चाकको पनौतीमा आज एक बालकको मृत्युको विषयलाई लिएर केहीबेर तनाब भएको छ । पनौती नगरपालिका–९ मल्पी निवासी नौ वर्षीय मनोज विक मृतावस्थामा फेला परेपछि शव उठाउने विषयमा विवाद हुँदा तनाब भएको हो । केहीबेर भएको तनाबका क्रममा स्थानीयवासीले हानेको ढुङ्गा लागेर प्रहरी हवलदार पदम तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । अहिले स्थिति सामान्य छ । “घटनाका बारेमा विस्तृत अनुसन्धान हुन्छ”, प्रनाउ राईले भन्नुभयो । विक शुक्रबारदेखि हराइरहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप