यार्सा नभेटिएपछि धमाधम घर फर्किदै यार्सा संकलक
आइतबार, २६ वैशाख २०७३, १४ : ४०
बझाङ –विकट हिमाली जिल्ला बझाङबाट यार्सागुम्बा सङकलन गर्न लेकतिर गएका यार्सा सङकलकहरु धमाधम घर फर्किन थालेका छन् । लेकमा करिब एक हप्ता बस्दापनि यार्सागुम्बा नभेटाए पछि यर्सा सङकलकहरु घर फर्केका हुन् ।
यार्सा सङकलन गर्ने स्थानमा पर्याप्त हिँउ र पानी नपरेपछि यार्साको टुसा जमिन भन्दा माथी नआएकाले यार्सा भेटाउन कठिन भएको मेलबिसौना गाविस का यार्सा सङकलक सुरेन्द्र सिंहले बताए ।
छोटो समयमा राम्रो आम्दानि हुने भएकाले जिल्ला भित्र र बाहिरबाट झण्डै ३० हजार भन्दा बढी यार्सा संकलक लेकतिर जाने गर्दछन् ।
जिल्लाको सबैभन्दा बिकट गाविस काँडाको नाका भएर निलकट्टी , कालापानी, राइढुंगी, माझा र अमलागाड भन्ने स्थानमा यार्सा संकलन गर्न गएका यार्सा संकलकहरु केहि फर्कि सकेको र केही फर्किने क्रम जारी रहेको छ ।
त्यस्तै सुर्मा र दौलिचौर गाविसको नाका भएर गएका यार्सा संकलकहरु पनि फर्किने क्रम जारी रहेको दौलिचौर गाविसका चक्र बोहोराले बताए । मुुख्य आम्दानीको स्रोत यार्सा पनि पाइएन खडेरीका कारण उब्जनी पनि नभएका कारण यसबर्ष बझाङमा भोकमरी हुने समेत उनको भनाइ छ ।
खडेरी कारण यसबर्ष बझाङमा ७५ प्रतिशत उब्जनी घटेको छ । यसबर्ष लेकमा हिमपात कम भएका यार्सागुम्बा उत्पादनमा कमी आउने जिल्ला बन कार्यालयका रेन्जर हेमराज पाठकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण