बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कविताको माध्यबाट सरकारलाई खवरदारी

आइतबार, २६ वैशाख २०७३, १४ : ४३
आइतबार, २६ वैशाख २०७३

भक्तपुर – भूकम्पको असर र नाकाबन्दीसंगै नेपाली जनताले भोग्नु परिरहेको अभावको दैनिकीलाई सिर्जना मार्फत व्यक्त गर्दै साहित्यकारहरुले सरकार मूकदर्शक बनेकोमा विरोध जनाएका छन् ।

भक्तपुर साहित्यिक समाजले नियमितरुपमा सन्चालन गर्दै आइरहेको घुमन्ते साहित्यिक शृङ्खलाको ५३ औँ शृङ्खलामा आइतबार सर्जकले देशमा भइरहेको विकृति, विसंगति, कालावजारी र सरकारको अकर्मण्यताप्रति तिखो ब्यङग्य प्रहार गर्दै खवरदारी गरेका थिए ।

सो शृङ्खलामा स्रष्टा सर्जकहरु मानिकबावु ग्वंगः, तिर्थभक्त थकु, धनमान श्रेष्ठ , कृष्ण प्रजापति, रामगोपाल आशुतोष, हरिहर तिमल्सिना, विश्वबहादुर दुवाल, विकास प्रहर, विमल प्रधान, पागल यात्री, यज्ञप्रसाद भट्टराइ, सुरेश बखुन्छें लगायत करिव ३ दर्जनले आ–आफ्नो रचना वाचन गरेका थिए ।

साथै समाजका अध्यक्ष राजुराम मुनंकर्मिले कार्यक्रमको सफल ब्यवस्थापन गरेकोमा दिनेशबावु हाडालाई कदरपत्र प्रदान गरेका थिए ।

शृङ्खला भक्तपुर साहित्यिक समाजले १ दशक अघि देखि नै नियमित रुपमा संचालन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप