बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ट्राफिक प्रहरीमा श्वासप्रश्वास र आँखाको समस्या धेरै

आइतबार, २६ वैशाख २०७३, १४ : ५५
आइतबार, २६ वैशाख २०७३

ललितपुर – ललितपुरस्थित अल्का अस्पतालले काठमाण्डौ उपत्यकाका ट्राफिक प्रहरीको निशुल्क स्वास्थ्य परीक्षण गरेको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा आयोजित स्वास्थ्य शिबिरमा काठमाण्डौ उपत्यकामा कार्यरत ३ सय ३८ जना ट्राफिक प्रहरीको बिशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गरिएको हो ।

स्वास्थ्य परीक्षण गरिएका मध्ये अधिकांस ट्राफिक प्रहरीमा श्वासप्रश्वासको समस्या, आँखा, छाला तथा ढाडको समस्या देखिएको थियो । धेरै जसो ट्राफिक प्रहरीमा धुलो र धुँवाका कारण श्वास प्रश्वास तथा छातीको समस्या देखिएको परीक्षणमा सहभागी छातिरोग बिशेषज्ञ डा। अजित श्रेष्ठले बताए ।

शिबिरमा छाला रोग, हाड जोर्नि, आँखा, नाक कान तथा घाटी, प्रशुति, छाति रोग, जनरल फिजिसियन लगायतका बिशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरेका थिए ।

शिबिरमा बिरामीहरुको अवस्था हेरेर इसिजी तथा मधुमेहको ल्याब परीक्षण निशुल्क गरिएको अस्पतालका अध्यक्ष कुमार थापाले बताए । अस्पतालले आवश्यकता हेरेर नि:शुल्क औषधी समेत बितरण गरेको थियो ।

अल्का अस्पताले उपत्यकाका ट्राफिक प्रहरीलाई लक्षित गर्दै बार्षिक रुपमा निशुल्क स्वास्थ्य शिबिर गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप