बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एनसेलले सरकारलाई झण्डै १० अर्ब कर बुझायो

आइतबार, २६ वैशाख २०७३, १४ : ५८
आइतबार, २६ वैशाख २०७३

काठमाडौं– नीजि मोबाइल सेवा प्रदायक एनसेलले सरकारलाई झण्डै १० अर्ब रुपैयाँ पुँजीगत लाभकर बुझाएको छ । आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माले आइतबार एनसेलले तिर्नुपर्ने मध्येको ९ अर्ब ९६ करोड ९५ लाख ४० रुपैयाँ पुँजीगत लाभकर ठूला करदाता कार्यालयमा बुझाएको रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार बाँकी कर पनि तिर्ने एनसेलले प्रतिबद्वता जनाएको छ । लामो समदेखि कर तिर्ने–नतिर्ने विषमा बहस भइरहँदा एनसेलले कर बुझाएको हो । बहसकै बीच कर तिर्नुपर्ने माग गर्दै विभिन्न क्षेत्रबाट एनसेलको विरोध सुरु भएको थियो ।

एनसेलले टेलियासोनेरा नर्वे नेपाल होल्डिङ्स् एसले रेनल्ड्स् होल्डिङ्स् लिमिटेड (रेनल्ड्स्) को सेयर बिक्री गर्दा भएको लाभको १५ प्रतिशत रकम दाखिला गरेको हो ।

अग्रिम कर दाखिला गर्दै गर्दा सम्पूर्ण कारोबारमा एनसेलको कुनै संलग्नता नरहेको र कारोबारको दौरानमा एनसेलले न त कुनै भुक्तानी दिएको न त प्राप्त गरेको विज्ञप्तिमार्फत एनसेलले स्पष्ट पारेको छ ।

“सेयर बिक्रीको दौरान लाभ भएको छ भने लाभकरको हिसाब गरी त्यसको जानकारी दिने दायित्व सेयर बिक्रेताको रहेता पनि एनसेलले रेनल्ड्स्को पूर्व लगानीकर्ताका तर्फबाट अग्रिम कर दाखिल गर्न कदम चालेको हो”–विज्ञप्तिमा उल्लेख छ । एनसेलले आफ्ना एक करोड ३० लाखभन्दा बढी ग्राहक तथा तिनका परिवारको जीवन र जीवनयापनमा बहुआयामिक लाभ प्रदान गर्न थप कटिबद्ध रहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप