लेस्टरको प्रिमियर लिग पार्टी
काठमाडौं – १ सय ३२ वर्षे इतिहासमा पहिलो पटक इंलिस प्रिमियर लिगको उपाधि जितेपछि लेस्टरले घरेलु मैदानमा मज्जाले खुसीयाली मनाएको छ । यसअघि नै टोटेनह्याम चेल्सीसँग बराबरीमा रोकिएपछि सोमबार लेसिस्टेरको उपाधि पक्का भएको थियो ।
तर लिग उपाधी जितिसकेको लेस्टर घरेलु मैदानमा एर्भटनविरुद्ध कसरी उत्रन्छ भन्ने धेरैलाई चासो थियो । किंग पावर रंगशालामा जीतको खुसीयाली मनाउनका लागि लेसिस्टेरले अर्को जित निकाल्यो । उसले एर्भटनलाई तीनको विरुद्ध एक गोलको अन्तरले हरायो । यसअघि सिजन सुरुआत हुदाँ लेस्टर रेलिगेशनमा पर्ने अनुमान लगाइएको थियो । गत वर्ष निकै ठूलो चुनौतिपछि रेलिगेसनबाट जोगिएको लेस्टरले यसपटक भने टफी नै उचाल्यो । किंग पावर रंगशालामा कप्तान वेस मोर्गान र प्रशिक्षक क्लाउडियो रेनिइरीले संयुक्त रुपमा ट्रफी उचाले । एर्भटनविरुद्ध लेस्टरले निकालेको ३–१ को शान्दार जीतका कारण पनि लेस्टरको सफलता थप गर्विलो बन्यो । घरेलु मैदानमा भएको खेलमा लेसिस्टेरले आफ्नो शक्ति, प्रतिवद्धता र क्षमतालाई देखाएको थियो ।
इटालियन आन्द्रे बोसिली १२ वर्षको उमेरबाटै अन्धा थिए । उनले खेल सुरु हुनभन्दा अघि ३० मिनेटसम्म मैदानमा हिडेँर गीत गाए । यसअघि नै उनले लेस्टरले उपाधी जिते खुसीयाली मनाउने बताएका थिए । लेस्टरका प्रशिक्षक रेनिइरी खुसीले झन्डै रोएनन् ।
रेनिअरी भन्छन् ः यो साँच्चिकै अचम्म भयो । म भावनालाई नियन्त्रण गर्दै बलियो भएर बसे किनकी अब राम्रो दिन आएको छ । आन्द्रे बोसिलली गाउँदा छुट्टै मज्जा आयो । अब लेसिस्टेरले १६ मेमा खुसीयाली मनाउँदै परेड गर्नेछ । लेसिस्टेरका फूलब्याक क्रिष्टियन फूचले अन्तरवार्ता दिदैँ भनेका छन् ः म अचम्मकै मान्छे हुँ । धेरै क्यामेराहरु म रोएको हेर्न आतूर थिए । तर म बलियो भएर बसे । मैले म अब नयाँ खेलबारे सम्झेको छु । हामी नयाँ सिजन पनि यस्तै बलियो भएर प्रस्तुत हुनेछौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण