धादिङमा मात्रै चौबिस हजार हेक्टरमा डढेलो
धादिङ - यस वर्ष गर्मी मौसम सुरु भएपछि जिल्लाका सामुदायिक, कबुलियती र सरकारी वनमा डढेलो लागेको छ । जिल्लाको कूल ९२ हजार ८५४ हेक्टर क्षेत्रफल वनमध्ये २३ हजार ९२५ हेक्टर डढेलोले सखाप पारेको जिल्ला वन कार्यालयले जनाएको छ । जिल्ला वन कार्यालयले ६९१ वटा सामुदायिक वन उपभोक्ता समूहलाई २९ हजार ५० हेक्टर वन करिब ७१ हजार ६२ घरधुरीलाई हस्तान्तरण गरिसकेको छ । त्यस्तै ४५३ कबुलियती वनको एक हजार ७३१ हेक्टर वन तीन हजार ८७२ घरधुरीलाई हस्तान्तरण गरिसकिएको जिल्ला वन अधिकृत इमनाथ पौडेलले जानकारी दिए । डढेलो सम्बन्धी वन कार्यालयले चेतनामूलक कार्यक्रम र सूचना विभिन्न सञ्चारका माध्यमबाट प्रसारण गरे पनि डढेलो नियन्त्रणमा आउन सकेको छैन । वन जङ्गलमा डढेलो लगाउने व्यक्तिलाई वन ऐन २०४९ को दफा ५० को उप दफा १ को (ख) अनुसार रु १० हजार जरिवाना तथा एक वर्षसम्म कैद वा दुबै सजाय हुने प्रावधान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण