हतियारसहित पक्राउ परेका दुईजना सार्वजनिक
आइतबार, २६ वैशाख २०७३, १७ : १२
मोरङ - हतियारसहित पक्राउ परेका दुई जनालाई मोरङ प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आज विराटनगरमा पत्रकारसम्मेलन गरी विराटनगर–११ का २८ वर्षीय जीवन तामाङ र ३२ वर्षीय सन्दीप प्याकुरेललाई सार्वजनिक गरेको हो । प्रहरीले उनीहरुबाट बरामद भएको अमेरिका निर्मित पेस्तोल र खाली म्याग्जिन पनि सार्वजनिक गरेको हो । मोरङ प्रहरीले विराटनगर–१० को कान्तिपुर होटलबाट पेस्तोलसहित उनीहरुलाई शुक्रबार राति पक्राउ गरेको हो । प्रहरी उपरीक्षक भण्डारीका अनुसार तामाङको हतियार भए पनि प्याकुरेलले केही दिनदेखि बोक्दै आएका थिए । पक्राउ परेको दुवै जनालाई हातहतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्दा चलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण