बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

'राष्ट्रपतिज्यूको संवोधन सुन्न' सात महिनापछि बाबुराम संसद् भवनमा

आइतबार, २६ वैशाख २०७३, १७ : ३१
आइतबार, २६ वैशाख २०७३

काठमाडौं – व्यवस्थापिका संसद्को सदस्यबाट राजीनामा दिएका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई सात महिनापछि संसद् भवनमा उपस्थित भएका छन् । गत आसोज ३ गते संविधान जारी भएपछि संसद् भवन नगएका डा. भट्टराईले असोज ९ गते आफ्नो पार्टी र सांसद्बाट राजीनमा गरेका थिए ।

आज नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रममा डा. भट्टराई पूर्व प्रधानमन्त्रीको हैसियतले उपस्थित हुन लागेका हुन् ।

व्यवस्थापिका संसद्मा जानअघि उनले समाजिक सञ्जालमा त्यसको जानकारी गराएका थिए ।

उनले लेखेका थिए, ‘लामो समयपछि संसद जाँदैछु राष्ट्रपतिज्यूको संवोधन प्रत्यक्ष सुन्न ! नउत्तरदायीर अग्रगामी नीति-कार्यक्रम आओस् ! राम्रा कुराको हामी समर्थन गर्छौं !’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप