एनएमबि माइक्रोफाइनान्सले ५ लाख ५२ हजार कित्ता हकप्रद शेयर निस्काशन गर्ने
काठमाडौं – एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले २०७३ बैशाख २५ गते विशेष साधारण सभा पोखरामा सम्पन्न भएको छ । सभाले हाल कायम रहेको ४ लाख ६० हजार कित्ता शेयरको १ः१.२ को अनुपातमा ५ लाख ५२ हजार कित्ता हकप्रद शेयर निस्काशन गरी जारी तथा चुक्ता पुँजी रु.१० करोड १२ लाख पु¥याउने निर्णय गरेको छ ।
वित्तीय संस्थाले छोटो अवधिमा २८ वटा शाखा सञ्चालन गरी हिमाली तथा विकट पहाडी जिल्लाका आर्थिक तथा सामाजिक रुपमा पछि परेका परिवारलाई वित्तीय सेवा प्रदान गरेको छ ।
राष्ट्र बैंकको पछिल्लो नीति अनुसार दुर्गम क्षेत्रमा वित्तीय संस्थाको संख्या बढाउन पर्ने व्यवस्था अनुसार वित्तीय संस्थाले कास्कीको पोखरामा केन्द्रीय कार्यालय राखी कास्की, पर्वत, म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ, गोरखा, रसुवा, नुवाकोट, सिन्धुपालचोक, दोलखा, रामेछाप, सोलुखुम्वु, संखुवासभा र ताप्लेजुङ गरी १५ जिल्लालाई कार्यक्षेत्र बनाएको अध्यक्ष उत्तम भ्लोनले बताएका छन्।
सोही कार्यक्रममा एनएमबि माइक्रोफाइनान्सका अध्यक्ष उत्तम भ्लोनबाट ग्राहक सदस्यको हितलाई मध्यनजर गरी एसएमएस नोटिफिकेसन सेवाको शुभारम्भ गरियो ।
यस सेवाबाट ग्राहक सदस्यले आफ्नो मोवाइलमा आफूसँग सम्वन्धित वित्तीय कारोवारको विवरण सम्बन्धी जानकारी सजिलै प्राप्त गर्ने भएका छन् ।
२०६९ चैतबाट साविकको क्लिन भिलेज माइक्रोफाइनान्स वित्तीय संस्थाको नामबाट वित्तीय कारोवार शुरु गरेको यस एनएमबि माइक्रोफाइनान्सले २८ वटा शाखाबाट ३२ हजार विपन्न घरपरिवारमा ८३ करोड रुपैयाँ विनाधितो कर्जा लगानीमा रहेको, १६ करोडभन्दा बढि वचत संकलन गर्न सफल भएको र थप १० जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने स्विकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष अनुरोध भइसकेको प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले बताए । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था एनएमबि बैंकको सहायक कम्पनी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण