पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक
अन्य ४ विधाका ३÷३ जना मनोनयनमा परेका छन् । उत्कृष्ट वर्ष खेलाडी पुरुषतर्फ हेमन्त गुरुङ (फुटबल), सुरेश गुरुङ (शारीरिक सुगठन) र अशिम शेरचन (आर्चरी) महिलातर्फ झरना गुरुङ (उसु), मंजु गुरुङ (भलिबल) र अरुणा शाही (भलिबल), उदीयमान खेलाडीतर्फ अभिषेक बास्तोला (टेनिस), शशी चौधरी (एथलेटिक्स) र ममता डगौरा (एथलेटिक्स), उत्कृष्ट प्रशिक्षकमा शम्भु केसी (फुटबल), कौशिला खत्री (भलिबल) र सुरेन्द्र गुरुङ (कराँते) मनोनयनमा परेका छन् । प्रतिभा छनौटका लागि ५ सदस्यीय छनौट समिति गठन गरिएको छ । वर्ष खेलाडीलाई २५ हजार रुपैयाँ तथा उत्कृष्ट प्रशिक्षक एवं नवप्रतिभा खेलाडीलाई जनही १० हजारसहित सम्मान गरिनेछ ।
मंचका का.वा.अध्यक्ष एवं कार्यक्रम संयोजक सन्देश श्रेष्ठले सिंगो पोखराको इज्जतको रुपमा जोडिएको स्पोर्टस् अवार्ड सफल पार्ने सबैको दायित्व भएकोले सहयोगको अपेक्षा गरे । पोखरा सभागृहमा जेठ १ मा दिउँसो ४ बजे सुरु हुने अवार्ड वितरण समारोहको तयारी अन्तिम चरणमा पुगेको प्रचार संयोजक दीननाथ बरालले जानकारी दिए ।
पत्रकार सम्मेलन अवसरमा मलेसियाको क्लारा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पोखराको महेन्द्रपुलस्थित हङकङ व्युटी इन्स्टिच्युट प्रालिका प्रबन्ध निर्देशक मीना गुरुङले मंचलाई ६० थान टिसर्ट सहयोग गरिन् । उनले उक्त टिसर्ट मंचका कावा अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण गर्दै खेलकुद पत्रकार मंचले गर्न लागेको कार्यक्रममा आफू पनि एक संचारकर्मी भएको नाताले सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । मंचका का.वा.अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नि.अध्यक्ष विनोद लामिछाने र संचालन सचिव दीननाथ बरालले गरेका थिए ।
कार्यक्रम सम्पन्न गर्न ५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ । नेपाल खेलकुद पत्रकार मंच केन्द्रीय समितिको तत्वावधानमा हुने कार्यक्रमको सहयोगी संस्था जिल्ला खेलकुद विकास समिति, पोखरा उपमहानगरपालिका रहेका छन् । सहप्रायोजकमा क्षेत्रीय खेलकुद विकास समिति, रेवान पोखरा, कास्की जिल्ला फुटबल संघ, जिल्ला विकास समिति, नेपाल पर्यटन बोर्ड पोखरा रहेका छन् ।
वर्ष खेलाडी पुरुषका लागि कमल गुरुङ, महिलाको लागि मनोकामना आयाल, वर्ष उत्कृष्ट प्रशिक्षकको जि.एस.आर. कंक्रिट पाइप उद्योग र वर्ष उत्कृष्ट नवप्रतिभाको लागि सहारा क्लब पोखरा टाइटल स्पोन्सर हुन् । २०५७ सालमा स्थापित खेलकुद पत्रकार मंच कास्कीमा हाल ४१ जना सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण