बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रहरीलाई कार्बाही गर्ने सहमति पछि राप्तीमा यातायात खुल्यो

आइतबार, २६ वैशाख २०७३, २१ : ०२
आइतबार, २६ वैशाख २०७३
दाङ – राप्तीअंचल सार्वजनिक बस व्यवसायि समितिले राप्तीमा गरेको यातायत बन्द खुलेको छ । शनिबार विहान प्राली र राप्ती समितिका पदाधिकारीबीच भएको विवादका क्रममा भएको प्रहरी धरपकडको छानविन र राप्ती अंचल समितिको समन्वयमा प्रालीका गाडिहरु संचालन गर्ने सहमति पश्चात बेलुकी साढे सात बजेदेखि यातायात खुलेको हो । घटनाको छानविनका लागि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरिक्षक प्रकाश शर्माको संयोजकत्वमा प्रहरी नायब निरीक्षक रहने गरि दुइ सदस्यीय छानविन टोली गठन गरिएको दाङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कुबेर कडाएतले जानकारी दिएका छन् । छानविन टोलीले दिएको प्रतिवेदनका आधारमा प्रकृया अघि बढाउने उनले बताए । ट्राफिक कार्यालय तुलसीपुरमा दिउँसो भएको छलफल टुङगोमा पुग्न नसके पछि अपरान्ह चार बजे दाङका प्रमुख जिल्ला अधिकारी दिपक काफलेको अध्यक्षतामा बार्ता भएको थियो । साढे तीन घन्टा सम्म चलेको बार्तामा घटनामा संलग्न प्रहरी निरीक्षक र प्रहरीजवानलाई कार्बाही गर्ने सहमतिमा बन्द खुलेको बार्तामा सहभागी तुलसीपुर उद्योगबाणीज्य संघका अध्यक्ष बिमल रिजालले बताए । राप्ती अंचल सार्वजनिक बस समितिका अध्यक्ष सुरेश हमाल, उपाध्यक्ष भरतनाथ योगी लगाएतका समितिका केही पदाधिकारीलाई प्रहरीले छानीछानी कुटपीट गरेको भन्दै कार्वाहीको माग राखी हिजो विहानै देखि यातायात ठप्प पारेको थियो । यातायात ठप्प हुदा राप्तीका दाङ सहित , सल्यान, रोल्पा, रुकुम र प्युठानको जनजिवन अत्यन्तै कष्टकर बनेको थियो । बन्दका कारण नागरिकहारु अटो रिक्सामा चर्को भाडा तिरेर यात्रा गर्न बाध्य भएका थिए पनि कतिपय पैदल हिँडेका थिए । बन्द खुले पछि यहाँको जनजीवन समान्य बन्दै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप