कोकाकोलाको नेपथ्य कन्सर्ट हुने
काठमाडौं – बोटलर्स नेपालको उत्पादन कोकाकोलाले नेपथ्य ब्यान्डसँग मिलेर ‘फेरि उठ्नेछ नेपाल’ कन्सर्ट आउँदो मे १४ मा आयोजना गर्ने भएको छ । नेपथ्य ब्यान्डले ललितपुरको जावलाखेलमा प्रत्यक्ष संगीत प्रस्तुत गर्ने कम्पनीले बताएको छ ।
‘ब्यान्डवागन बाई पोजेटिभ भाइब’कार्यक्रम व्यवस्थापक कम्नीद्धारा व्यवस्थापन गरिएको लाइभ कन्सर्टमा बालसंरक्षण नेपाल, वर्क फर क कज नेपाल, सानो पाइला, ह्विल , ऐश्वर्या वालगृह तथा रेजअफ होप नेपालजस्ता गैरसरकारी संस्थाको सहभागिता रहने कम्पनीले जनाएको छ ।
जनधनको क्षति पुग्नेगरी गत वर्ष आएको विनाशकारी भूकम्पबाट प्रताडित बनेका र सहयोगबाट वञ्चित समूहलाई सहयोग र सान्त्वना दिने उद्देश्यले लाइभ कन्सर्ट आयोजना गरिन लागेको कम्पनीले बताएको हो ।
अघिले वर्ष सुरु भएको कोका–कोला फेरि उठ्नेछ नेपाल अभियानकै निरन्तरताका रुपमा रहेको सांगीतिक कार्यक्रमले एक वर्षदेखि दुःखमा रहेका भूकम्पपीडितलाई खुसी र उत्साह बाँड्न सफल हुने विश्वास कम्पनीको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण