वनमा डढेलो लगाउने महिला पक्राउ
सोमबार, २७ वैशाख २०७३, ०९ : २९
म्याग्दी - देशभर सामुदायीक र राष्ट्रिय वन क्षेत्रमा डढेलोको समस्या बढिरहेको अवस्थामा म्याग्दीमा वन क्षेत्रमा डडेलो लगाउने एक व्यक्ति पक्राउ परेका छन् ।
स्थानीय बासिन्दाले गरेको किटानी उजुरीको आधारमा बाबियाचौर–२ सिमलचौरकी तारा खड्कालाई आईतबार पक्राउ गरिएको ईलाका वन कार्यालय बाबियाचौरले जनाएको छ । खड्कालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय बेनीमा पठाएको सहायक वन अधिकृत लोमनाथ तिम्सीनाले जानकारी दिए ।
खड्काविरुद्ध कानुनी कारबाही अघि बढाइने तिम्सिनाले बताए । उनका अनुसार जिल्लामै पहिलो पटक वन डडेलो लगाउने व्यक्तिलाई पक्राउ गरिएको हो ।
वन ऐन २०४९ मा डडेलो लगाउनेलाई दश हजार जरिवाना, क्षत्ती भएको विगो असुल उपर गर्ने र एक वर्ष कैद हुने कानुनी ब्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण