धनकुटालाई प्रदेश नं. १ को राजधानी घोषणा गर्न माग
धनकुटा - धनकुटामा सम्पन्न भएको वृहत सर्वपक्षिय भेलाले भौतिक पूर्वाधार, सार्मथ्य, सुरक्षा र सुन्दरताका खानी धनकुटालाई प्रदेश नं. १ को राजधानी तत्काल निर्णय गरेर घोषणा गर्न नेपाल सरकार समक्ष माग गर्दै त्यसका लागि सवै किसिमको अभियान संचालन गर्ने निर्णय गरेको छ ।
धनकुटाका सासंद मनोहर नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको वृहत सर्वपक्षिय भेलामा पूर्व सासंद लिला सुब्बा, नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी पौडेल, नेकपा एमाले धनकुटाका प्रचार विभाग प्रमुख नैन विश्वकर्मा, एकिकृत नेकपा माओवादीका सचिव ऋषिराम ढुंगाना, नेकपा माओवादी क्रन्तिाकारीका गोपाल विक, राप्रपा नेपालका प्रवक्ता चन्द्र विष्ट, राष्टिय प्रजातन्त्र पार्टीका टिका प्रसाद घिमिरे, संघिय समाजवादी फोरम नेपालका गोपाल लिम्बु, लिम्बुवान पार्टीका चन्द्र सिंह नेम्वाग, राष्टिय जनमोर्चाका तुलमान राई, जनमुक्ति पार्टीका हरी भक्त वान्तवा लगायतले सवै प्रकारले उपयूक्त रहेको धनकुटालाई प्रादेशिक राज्यको राजधानी बनाउन जस्तो सुकै मल्य चुकाउन तयार रहेको प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेपाल मानवअधिकार एलायन्सका केन्द्रिय उपाध्यक्ष विदुर सुवेदी, अधिवक्ता तेज नारायण सिंह राईले धनकुटालाई प्रादेशिक राज्यको राजधानी बनाउनका लागी अवधारण प्रस्तुत गरेका थिए । कार्यक्रमको उदेश्यमाथि नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष तथा प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राईले प्रकाश पारेका थिए ।
कार्यक्रमका धनकुटा वहुमुखि क्याम्पसका प्रमुख निरञ्जन वस्ती, पूर्व क्याम्पस प्रमुखहरु उपेन्द्र पोखरेल, नारायण जोशी, प्रध्यापकहरु डा. शम्भु खतिवडा, गोपाल अधिकारी, नन्द न्यौपाने, रमेश अमात्य, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरे, धनकुटा बजार व्यवस्थापन समितिका कुसुम राना, सत्यनारायण श्रेष्ठ, दिनेश राई, सम्पादक मञ्चका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ लगायतले प्रदेश नं १ का सम्पूर्ण सासंद तथा पार्टीका नेताहरु र जनसमुदायहरुसंग सहकार्य र एकता गर्दै सवै दृष्टिकोणले उपयूक्त रहेको धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन सशक्त अभियान संचालन गर्नु पर्नेमा जोड दिए ।
सडक सञ्जाल, हजारौ सरकारी जग्गा, ४ सय भन्दा बढी ठूला ठूला सरकारी भवनहरु, मजमुद सुरक्षा, उपयूक्त हावापानी लगायत भौतिक पूर्वाधार, सार्मथ्यले पनि उपयूक्त रहेको धनकुटलाई प्रदेश नं. १ को राजधानी बनाउन उक्त भेलाले धनकुटाबाट प्रतिनिधित्व गर्ने ७ जना सांसदहलाई समिति निर्माण गरेर तत्काल सवै किसिमको अभियान संचालन गर्न आग्रह गर्दै विभिन्न निर्णयहरु समेत गरेको छ ।
सो सर्वपक्षिय वृहत भेलाले धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउनका लागी प्रदेशको सवै सासंदको धनकुटामा भेला गरी अनुरोध गरी आग्रह गर्ने, धनकुटामा क्रियाशिल सवै राजनैतिक दलहरुले आ-आफ्नो पार्टीका केन्द्रिय समितिलाई अनुरोध गर्ने, सवै दलहरुको प्रदेश नं. १ को प्रादेशिक समितिको कार्यालय धनकुटामा राख्न अनुरोध गर्दै प्रत्यन्न र प्रयास गर्ने, धनकुटालाई प्रदेश नं. १ राजाधनी बनाउनका लागी उपयूक्त आधार र तथ्य सहितको बुकलेट तथा पम्पलेट तथा होडिग बोर्ड तयार गरी वितरण गर्दै तत्काल प्रदेश नं १ भरी र काठमाण्डौमा प्रचारात्मक अभियान संचालन गर्ने र यस अभियानमा जिल्लामा क्रियाशिल सवै राजनैतिक दलहरुले एकताबद्ध र सशक्त ढंगले व्यापक रुपमा अभियान संचालन गर्ने निर्णय गरेको पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष विजय सनतोषी राईले वताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण