पानी माग्दै त्रिपुरासुन्दरीमा क्षमा पूजा
त्रिपुराकोट – डोल्पामा खडेरी लम्बिदै गएपछि पानी पार्नको लागि त्रिपुरा सुन्दरी मन्दिरमा क्षमा पूजा गरिने भएको छ ।
आईतवार बेलुकी सम्पूर्ण डोल्पाबासी आएर स्थानीय प्ररम्परा अनुसार भजनकृतन गरेर सबै सर्बसाधारण जागा रहने र सोमबार पानी पार्ने विधि अनुसार संयुक्त रुपमा त्रिपुरा सुन्दरी देवीको पूजाआजा गरीने पूजारी यज्ञप्रसाद उपाध्यायले बताए ।
श्रीस्वथानी धर्मग्रन्थमा उल्लेख भएअनुसार त्रिपुरा सुन्दरीमा सतीदेबीको कन्ड्याउलो(ढाड) पतन हँुदा बर्षातका भगवान मेघ आएर तपस्या गरेर वरदान पाएकाले डोल्पामा लामो खडेरी परेकोबेला सम्पुर्ण डोल्पाबासी आएर पुजाआजागरे पानीपर्ने विश्वास रहेको छ ।
प्रत्येक बर्ष डोल्पामा खडेरी परेकोबेला पानी पार्नको लागि र बालिनाली भित्र्याउने समयमा बर्षात रोक्नको लागि त्रिपुरा सुन्दरीमा पूजा गर्ने गरिन्छ ।
पूजामा सम्पूर्ण जिल्लाबासीहरुको अनिवार्य उपस्थिति आह्वान गरिएको छ । साथै सर्बसाधारणहरुबाट भेटी उठाएर पूजा सामाग्री खरिद गर्ने तथा बोका बली दिने पूजा व्यबस्थापन समितीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण