बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्काभेटरले पारेको खाल्डोमा पौडी खेल्दा ज्यान गयो

सोमबार, २७ वैशाख २०७३, १० : ०१
सोमबार, २७ वैशाख २०७३

धादिङ - बालुवा तथा गिट्टी उत्खननको लागि स्काभेटरले पारेको खाल्डोमा रहेको पानीमा डुबेर आइतबार एक जनाको ज्यान गएको छ । बैरेनी गाविस–९ त्रिशूलीनदी किनारमा बैरेनीका १७ वर्षीय राजु परियारको पौडी खेल्ने क्रममा नदी किनारको खाल्डोमा डुबेर मृत्यु भएको बैरेनी प्रहरी चौकीले जानकारी दिएको छ । अवैधानिक रुपमा सञ्चालनमा रहेको क्रसर उद्योगले उत्खनन गरी बनाएको खाल्डोमा पौडी खेल्न गएका परियार पौडी खेल्दा डुबेर मृत्यु भएको हो । गत वर्षमा समेत यसरी अवैधानिक रुपमा उत्खनन गरेको खाल्डोमा परेर मानिसको मृत्यु हुने गरे पनि यस्ता उत्खनन बन्द नभएको वातावरणकर्मी जगन्नाथ नेपालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप