आठ करोड मूल्यको प्रतिबन्धित जडीबुटी पाँच औले बरामद
सोमबार, २७ वैशाख २०७३, १० : ०३
कञ्चनपुर - कञ्चनपुरको भीमदत्तनगरपालिका–९ मटेना नजिकबाट सशस्त्र प्रहरीले आइतबार रु आठ करोड मूल्यको प्रतिबन्धित जडीबुटी पाँच औले बरामद गरेको छ । भारततर्फ म१प ३४३६ र भारतीय युए ०६ जी २९६३ नम्बरको दुईवटा मोटरसाइकलमा चार बोरा प्रतिबन्धित जडीबुटी पाँच औंले निकासी भइरहेको अवस्थामा राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले सो जडीबुटी बरामद गरेको हो । बरामद जडीबुटी जिल्ला वन कार्यालय कञ्चनपुरमा जिम्मा लगाइएको सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसीले बताए । सङ्कलन बिक्री वितरण र निकासीमा प्रतिबन्ध लगाइएको जडीबुटी पाँच औँले प्रतिगोटा रु एक हजार बढी मूल्य पर्ने वन कार्यालय कञ्चनपुरले जनाएको छ । बरामद जडीबुटीको बजार मूल्य रु आठ करोड बढी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण