बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मल्लिकाको गुपचुप दोस्रो बिहे

सोमबार, २७ वैशाख २०७३, १० : ४४
सोमबार, २७ वैशाख २०७३

मुम्बई – ३९ वर्षकी बलिउड अभिनेत्री तथा आइटम डान्सर मल्लिका शेरावतले गोप्य ढंगबाट बिहे गरेकी छिन् । उनले आफ्नो प्रेमी साइरिल आकजेनफेन्ससँग पेरिसमा बिहे गरेकी हुन् ।

दुई दिनअघि गोप्य ढंगबाट बिहे भएको उनका बाबु मुकेश लाम्बाले बताएका छन् । मल्लिकाका श्रीमान् साइरिल पेरिसका रियल स्टेट व्यापारी हुन् ।

पछिल्ला केही महिना उनी मल्लिकासँग नजिक थिए । उनीहरुबीचको फोटो अहिले समाजिक सञ्जालमा भाइरल छ । मल्लिकाका बाबु मुकेशले बिहे भएको स्विकादै अब चाडैँ बिहेको पार्टी गर्ने बताएका छन् । अहिले मल्लिका पेरिसमा छिन् । उनले मेइ ११ देखी २२ सम्म ६९ औँ कान फिल्म फेस्टिभलमा सहभागिता जनाउनेछिन् ।

केही समयअघि मल्लिकाले एक लाईभ भिडियोमार्फत आफू साइरिलसँग प्रेममा रहेको बताएकी थिइन् । उनले साइरिलसँग ताज महल जाने र उनलाई ठेलाको खाना खुवाउने बताएकी थिइन् ।

मल्लिकाको यो दोस्रो बिहे हो । यसअघि उनले भारतीय सेनाका कप्तान कर्ण गिलसँग बिहे गरेकी थिइन् । सन् २००१ मा उनको सम्बन्ध विच्छेद भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप