गाडी ओभरटेक गर्न नदिएको निहुमा सांसद्का छोराद्वारा विद्यार्थीको हत्या
गया – बिहारको गयामा एक सांसद्का छोराले सडकमै गोली हानेर विद्यार्थीको हत्या गरेका छन् । सत्तारुढ जनता दल युनाइटेडकी सांसद् मनोरमा देवीका छोराले सडकमा विद्यार्थीले साइड नदिएको झाँेकमा गोली प्रहार गरेका हुन् ।
घटनापछि आरोपित रकी यादव गायब छन् । प्रहरीले मनोरमाका पति बिन्दी यादव र उसका अंगरक्षकलाई पक्राउ गरिसकेको छ । मुख्य आरोपीको भने खोजी जारी छ ।
मनोरमाका पति बिन्दी यादव गया जिल्लाका चर्चित डन मानिन्छन् । उनीमाथि यसअघि नै थुप्रै आरोपहरु लागेका छन् ।
बिन्दीका छोरा शनिबार राती झन्डै ११ बजे आफ्नो नयाँ ल्याण्ड रोभर कारमा सयर गर्दै थिए । उनको अगाडी अर्को कार थियो । रकीले आफ्नो गाडी उक्त कारभन्दा अघि लैजादै थिए । तर स्विफ्ट कार चलाउने ड्राइभरले अगाडी ठाउँ नभएका कारण साइड दिन पाएनन् । त्यसपछि रकीले स्विफ्ट कारलाई ओभरटेक गरे ।
त्यसपछि गाडीलाई छेकेर स्विफ्ट कारमा बस्ने विद्यार्थीसँग झगडा गरे । विवादकैबीच उनले विद्यार्थीलाई गोली हाने ।
यस घटनामा ज्यान गुमाएका विद्यार्थीको नाम आदित्य सचदेव हो । उनी आफ्ना केही साथिसँग जन्मदिनको पार्टी मनाएर फर्किएका थिए । उनका बाबु गयाका ठूला पाइप व्यापारी हुन् । प्रहरीले अनुसन्धानपछि मनोरमा देवीको घरबाट कार बरामद गरेको छ ।
अहिले यस घटनाको विरोधमा पटनाको सडकमा सर्वसाधारण उत्रिएका छन् । सर्वसाधारणले हत्यारालाई पक्राउ गर्नुपर्ने माग गरेका छन् । हत्याराका बाबु बिन्दी यादवमाथि हत्या, अपहरण र लुटका थुप्रै मुद्धा छन् । केही महिनाअघि प्रहरीले उनको घरबाट हतियार बरामद गरेको थियो । तर राजनैतिक पहुँच निकै माथिसम्म भएका कारण उनलाई कसैले कारबाही गर्न पाएको छैन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनले माओवादीलाई समेत हतियार सप्लाई गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण