वन मन्त्रालयले स्वीकृति नदिँदा हुलाकी सडक निर्माण कार्य रोकियो
धनगढी– रुख कटानीको स्वीकृति नदिइएपछि कैलाली जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको हुलाकी सडकअन्तर्गतको वसन्ता वन क्षेत्रको भागमा सडक निर्माण कार्य रोकिएको छ ।
वसन्ता वन क्षेत्रको दुई किलोमिटर लामो भागमा पर्ने रुख कटानीको स्वीकृति वन मन्त्रालयले नदिँदा निर्माण कार्य रोकिएको सडक डिभिजन कार्यालय, हुलाकी राजमार्ग आयोजनाका इन्जिनियर महेन्द्रराज पन्तले बताए ।
उक्त क्षेत्रमा सडक निर्माण रोकिएपछि निर्माणमा संलग्न भारतीय निर्माण कम्पनी जी आर गावर, जिएलपी (सडक मर्मत र सम्भार)का लागि मात्रै बसिरहेको जनाइएको छ ।
वसन्ता वन क्षेत्रको ११ किलोमिटर लामो भागमध्ये नौ किलोमिटरमा मन्त्रालयले रुख कटानीको स्वीकृति दिई सो क्षेत्रमा निर्माण कार्य भइरहेकोमा वसन्ताकै कटनीदेखि रामपुरसम्मको थप दुई किमी क्षेत्रमा कटानीको स्वीकृति नदिएको बताइएको छ ।
कैलाली जिल्लामा सदरमुकाम धनगढीबाट हसुलिया, भजनी, वसन्ता वन क्षेत्र हुँदै सत्तीसम्मको ६२ किलोमिटर लामो र लम्कीबाट टीकापुरखक्रौलासम्मको २७ किमी लामो गरी दुई ‘प्याकेज’ को हुलाकी सडक निर्माण गरिने लक्ष्य लिइएकोमा धनगढीदेखि कटनीसम्मको ३१ किमी र भजनीदेखि सत्तीसम्मको १३ किमी सडक निर्माण पूरा भएको छ ।
यो भागमा १८ किमीमा सडक निर्माण हुन बाँकी रहेको छ । यस्तै लम्कीदेखि टीकापुरखक्रौलासम्मको २७ किमी लामो सडक पनि निर्माण पूरा भएको छ ।
कैलाली जिल्लामा पर्ने हुलाकी सडकखण्ड निर्माण कार्य ३० महिनाभित्र पूरा गरिसक्नुपर्ने गरी भारतीय निर्माण कम्पनीले निर्माणको ठेक्का पाएको थियो ।
जिल्लाको हुलाकी सडकखण्डमा पर्ने ११ नदी तथा खोलामाथि पुल निर्माणाधीन रहेकोमा यीमध्ये पाँच वटा पुलको निर्माण कार्य पूरा भएको छ ।
यता धनगढी बजार क्षेत्रको कुन ठाउँबाट हुलाकी राजमार्ग निर्माण गर्ने भन्ने विषयमा अझै कुनै टुङ्गो लाग्न सकेको छैन । टुङ्गो लाग्न नसकेपछि धनगढी बजार क्षेत्रमा पर्ने हुलाकी सडकको निर्माण कार्य दोस्रो चरणमा हुने जनाइएको छ ।
हुलाकी राजमार्गअन्तर्गत ठूला नदीमा पर्ने पुलको निर्माण, जग्गाको मुअब्जा, माटो, ढुङ्गा, गिट्टीजस्ता सामग्री व्यवस्थापनको जिम्मा नेपाल सरकारले र सडकलगायत साना पुलेसाको निर्माणको जिम्मा भारत सरकारले लिएको छ ।
कैलाली जिल्लामा पर्ने हुलाकी सडकको निर्माण लागत इस्टिमेट करिब रु एक अर्ब ३४ करोड रहेको छ ।
हुलाकी राजमार्ग निर्माणपछि सीमावर्ती क्षेत्रका बासिन्दालाई आवागमनमा सुविधा पुग्ने भई उनीहरूको आर्थिक जीवनस्तरमा परिवर्तन आउने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण