भूकम्पग्रस्त विद्यालयलाई जस्तापाता वितरण
तनहुँ– चिल्डेन नेपालले तनहुँको सिमाना नजिक पर्ने गोरखाको पालुड्गटार गाविसमा रहेका पाँच भूकम्पग्रस्त विद्यालयलाई करिब रु चार लाख २७ हजार बराबरको जस्तापाता उपलब्ध गराएको छ ।
बिल्ड हिल्र्ट इभी इन हर्ज फि किन्डरको सहयोगमा चिल्ड्रेन नेपालले आइतबार पालुङ्टारका बाल कल्याण निम्न माध्यमिक विद्यालय, सलाङगिरी प्रावि, धर्मावती प्रावि, सरस्वती प्रावि र जनजागृति प्राविलाई जस्तापाता उपलब्ध गराएको हो ।
उक्त विद्यालयमा आयोजित जस्तापाता हस्तान्तरण कार्यक्रममा विद्यालयलाई जस्तापाता हस्तान्तरण गर्नुहुँदै लुइटेल स्रोत केन्द्रका स्रोतव्यक्ति रामकाजी अधिकारीले भूकम्पबाट क्षतिग्रस्त भएका विद्यालय पुनःनिर्माण नहुँदा विद्यार्थीलाई अध्ययनमा समस्या भइरहेको बताए । उनले जस्तापाताले भवन निर्माण कार्यका लागि केही हदमा भए पनि सहयोग पुग्ने धारणा व्यक्त गरे । जिल्ला शिक्षा कार्यालय गोरखाको सिफारिसमा भूकम्पबाट क्षतिग्रस्त भएर पुनःनिर्माण गर्नुपर्ने अवस्थाका विद्यालय छनोट गरेर चिल्ड्रेन नेपालले जस्तापाता उपलब्ध गराएको चिल्ड्रेन नेपालका अध्यक्ष रामबहादुर थापाले बताए ।
कार्यक्रममा चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक रामचन्द्र पौडेल, संस्थापक सदस्य भीमलाल गुरुङ, नेकपा एमालेका प्रतिनिधि हरि काफ्लेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण