त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी छापा, मन्त्री बोहरासमेत सहभागी
काठमाडौँ - प्रहरीको महानगरीय अपराध महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र श्रम कार्यालय ताहाचलमा छापा हानेको छ ।
छापा मार्नेक्रममा विमानस्थलबाट विदेश जान लागेका दुई महिलालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघि विदेश नगएका उनीहरुलाई पुनː श्रम स्वीकृतिको कागजातका आधारमा विदेश जान लागेको अवस्थामा पक्राउ गरिएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए ।
हिमालय रेडपान्डा ट्राभलको माध्यमबाट उनीहरु विदेश जान लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । विमानस्थलमा भइरहेको छापामा श्रम तथा रोजगार मन्त्री दीपक बोहरासमेत सहभागी छन् ।
नक्कली पुनː श्रम स्वीकृति, नक्कली मागपत्र, नक्कली प्रवेशाज्ञालगायतका काम भइरहेको सूचनाका आधारमा छापा मारिएको महाशाखाका प्रमुख खनालले बताए ।
यस्तै प्रहरीले ताहाचलस्थित श्रम कार्यालयका पुनः श्रम स्वीकृति शाखाको केही कागजात र कम्प्युटरसमेत नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण