राष्ट्रिय सरकार गठनमा फेरि प्रयास गर्छौं : कृषिमन्त्री गजुरेल
सिन्धुली - कृषिमन्त्री तथा एमाओवादीका कोषाध्यक्ष हरिबोल गजुरेलले राष्ट्रिय सरकार गठनमा एमाओवादी अहिले असफल भए पनि फेरि प्रयास गर्ने बताएका छन् ।
प्रगतिशील उमावि झागाझोली रातमाटाको भवनको शिलान्यास समारोहमा उनले देशको विकास र संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको भन्दै एमाओवादीको प्रयास असफल भए पनि पुनः थालिने गजुरेलको भनाइ छ ।
अहिले राष्ट्रिय सहमतिको सरकार गठन नभएमा नेपालको राजनीतिक घटनाक्रममा २०१७ र २०५८ साल ब्युँतन सक्ने भन्दै दलहरुले बेलैमा सचेतपूर्वक सहमतिको सरकार गठन गर्नुपर्ने बताए ।
नेपालमा राजनीति परिवर्तन भए पनि राज्य परिवर्तन हुन नसकेको एमाओवादीका नेतासमेत रहनुभएका हरिबोल गजुरेलले बताए । राज्य परिवर्तनका लागि नेपालको शिक्षा परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो ।
नेपालमा लामो समय र ठूलो सङ्घर्षपछि जनसंविधान जारी गरे पनि यसको कार्यान्वयनमा चुनौती रहेको बताउँदै गजुरेलले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेकामा जोड दिए ।
मन्त्री गजुरेलले किसानलाई पेन्सन दिने कार्यको थालनी नयाँ आवको सुरुबाट हुने बताए । किसानको वर्गीकरण गरी किसानलाई सरकारले पेन्सन दिने नीति ल्याएअनुरुप अब नयाँ आवको सुरुबाट किसानले पेन्सन पाउने उनको भनाइ थियो ।
पहिला किसानको वर्गीकरण गरेपछि मात्र किसानलाई पेन्सन दिने मन्त्री गजुरेलको भनाइ थियो । नेपाल कृषि प्रधान देश भए पनि कृषिमा राज्यको लगानी कम भएकाले किसानलाई सहुलियत दिने कार्यक्रम अहिलेको सरकारले गर्ने उनको दाबी रहेको थियो ।
रु एक करोड ५० लाखको लागतमा निर्माण गरिने प्रगतिशील उमावि झाराको भवन निर्माणका लागि अहिलेसम्म रु ७० लाख सङ्कलन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण