बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्थानीय र उपभोक्ता समितिको विवादले सडक आयोजनाको काम रोकियो

सोमबार, २७ वैशाख २०७३, १३ : ५६
सोमबार, २७ वैशाख २०७३

म्याग्दी– म्याग्दीको फुलबारी–अदीभारा–ओखरबोट–सोले सडक निर्माण कार्य रोकीएको छ । रुमको अदिभाराबाट सेउलुङको गाडापानी भन्ने ठाउँ हुदै ओखरबोट जोड्ने सडकको ट्याक खोल्ने क्रममा स्थानीयबासी र उपभोक्ता समिति बिच कताबाट सडक लैजाने भन्ने विषयमा बिवाद उत्पन्न भएको छ ।

गाडापानी देखि रुमको ९ नम्बर वडामा पर्ने ईग्रे हुदै ओखरबोट जोड्ने तिन किलोमिटर सडकको ट्याक खोल्ने कार्य बिवाद र स्थानीयको अवरोधका कारण केही दिनदेखि रोकीएको हो ।

उपभोक्ता समितिका अध्यक्ष गोविन्द कडेलका अनुसार सेउलुङ र रुम डाँडागाउँका बासिन्दाले अबरोध गरेपछि काम रोकीएको हो । अदिभारा देखि गाडापानी सम्म पहिले निर्माण भएको सडकलाई पाँच लाख खर्च गरेर मर्मत गरिएको थियो । गाडापानीबाट ट्याकलाई अघि बढाउने क्रममा बिवाद भएको हो ।

सेउलुङ र डाँडागाउँका अगुवाहरुले सर्वेक्षण अनुसार सडक निर्माण गर्दा व्यक्तीका घर र खानेपानीको मुहान जोखिममा पर्ने भएकाले एक घुम्ती माथिबाट सडक लैजान माग गरेका छन् । उपभोक्ता समितिले भने प्राबिधिक सर्वेक्षण विपरीत काम गर्न नसकिने अडान राखेको छ । प्राबिधिकको सिफारीस अनुसार सडक निर्माण गर्न लागिएकाले घर तथा खानेपानीको मुहानलाई असर नगर्ने उपभोक्ता समितिका अध्यक्ष कडेलले बताए । उनले सर्वेक्षण अनुसार सडक निर्माण गर्दा ईग्रे गाउँका दुई सय ५० घरधुरी पनि समेटिने बताए ।

रुम डाँडागाउँका अगुवा पदम पुनले सर्वेक्षण अनुसार सडक खन्दा ७ वटा घर र खानेपानीको मुहान जोखिममा पर्र्ने बताए । उनले रुम गाविस क्षेत्रमा सडक निर्माण गर्दा रुमका बासिन्दा र सरोकारवालाहरुलाई जानकारी नगराएको विषयमा आपत्ती जनाए ।

अदिभारा हुँदै रितुङ खोलाको किनारै किनार सात वर्षअघि निर्माण भएको सडक घुमाउरो, कटानको समस्या, जोखिमयुक्त र बर्षेनी मर्मत गर्नुपर्ने भएपछि त्यसको विकल्पमा नयाँ सडक निर्माण गर्न लागिएको हो ।

उपभोक्ता समितिका सचिव हिरा पुनका अनुसार आयोजनाका लागि जिविसले चालु आर्थिक वर्षमा २० लाख रुपैया सहयोग गरेको छ । रुमको डाँडागाउँलाई पनि सडक सञ्जालसंग जोड्न अदिभारा–सेउलुङ–औल– डाँडागाउ–सोले सडक आयोजनालाई जिविसले यस वर्ष सात लाख चालीस हजार रुपैया छुट्याएको छ ।

आयोजनाको बिवाद र अवरोधका विषयमा उपभोक्ता समितिले जिविसमा जानकारी गराएका छन् । जिविसले राजनितिक दल, प्राबिधिक र सरोकारवालाहरुसंग बिवाद समाधान गरि अवरोध हटाउन छलफल सुरु गरेको छ । बिवाद समाधान र सहमती नभए दुई वटै आयोजनाको बजेट फिर्ता हुने जिविसले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप