बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुर्घटनामा मोटरसाइकल चालकको निधन

सोमबार, २७ वैशाख २०७३, ०८ : ०५
सोमबार, २७ वैशाख २०७३

काठमाडौँ - मोटरसाइकल दुर्घटनामा परी आज चन्द्रागिरि नगरपालिका–२० बस्ने मिलन शर्माको निधन भएको छ ।

बिहान ७ः१५ बजे थानकोटबाट कलङ्कीतर्फ आउँदै गरेको बा.३ ख ७५८६ नम्बरको टिपरले बा.३१ प ८१२७ नम्बरको मोटरसाइकललाई कलङ्की श्यामा पेट्रोल पम्पअगाडि ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक शर्माको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पतालमा निधन भएको महानगरीय ट्राफिक महाशाखाका सहप्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलमा सवार काठमाडौं नगरपालिका–१४ बस्ने २३ वर्षीय अशोक महर्जनसमेत गम्भीर घाइते भएका छन् । टिपर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप