राप्तीमा माछा मार्न रोक
सोमबार, २७ वैशाख २०७३, १४ : २३
चितवन - चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पर्ने राप्ती नदीमा माछा मार्न बन्द गरिएको छ ।
माछालाई आहारा बनाउने प्रजातिहरु वन्यजन्तु, चरा तथा गोहीलगायत जलचरको वासस्थान संरक्षणका लागि माछा मार्न बन्द गरिएको वन्यजन्तु चोरी सिकार नियन्त्रण युवा जागरण अभियान कुमरोजका अध्यक्ष ईश्वरी पाठकले जानकारी दिए । बछौली र कुमरोज क्षेत्रमा माछा मार्न उपलब्ध गराउँदै आएको अनुमतिपत्र वितरण कार्य बन्द गरिएको उनको भनाइ छ ।
स्थानीयवासीलाई विभिन्न तालिम, सीप दिएर वैकल्पिक पेसातर्फ आकर्षित गराई माछा मार्न बन्द गराइएको पूर्वी चितवनको बूढीराप्ती उपभोक्ता समितिका गोविन्द दराईंले बताए ।
“दुर्घटना हुने र संरक्षित जीवजन्तुको वासस्थानमा असर पर्छ, त्यसैले माछा मार्ने कार्य बन्द गरएका हौँ” उनले भने । उक्त क्षेत्रमा निकुञ्जले माछा मार्न हाते जाल प्रयोगका लागि अनुमतिपत्र दिने गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण